लुम्बिनी प्रदेश सभा बैठक बस्दै, यस्तो छ कार्यसूची
बिहीबार, ०१ जेठ २०८२, ०७ : ३९

समाचार सारांश
- लुम्बिनी प्रदेश सभाको छैटौँ अधिवेशनको दोस्रो बैठक आज दिउँसो १ बजे बस्दैछ।
- बैठकमा एक विधेयक पेश हुने, प्रदेश सभा सदस्यहरूको अनुपस्थितिको जानकारी गराइनेछ।
- प्रदेश सभा सदस्यहरूले समसामयिक विषयमा विशेष समयमा मन्तव्य राख्नेछन्।
- आर्थिक मामिला मन्त्री धनेन्द्र कार्कीले कर राजश्व सङ्कलन सम्बन्धी विधेयक पेश गर्नेछन्।
बुटवल । लुम्बिनी प्रदेश सभाको छैटौँ अधिवेशन अन्तर्गत दोस्रो बैठक आज दिउँसो १ बजे बस्दै छ । प्रदेश सभा सचिव दुर्लभ कुमार पुन मगरका अनुसार बैठकको सम्भावित कार्यसूची तय गरिएको छ ।
एउटा विधेयक पेश हुने, सभामुख तुलाराम घर्ती मगरले प्रदेशसभा सदस्यहरूको अनुपस्थितिको जानकारी सभामा गराउने, प्रदेश सभा सदस्यहरूले समसामयिक विषयमा विशेष समयमा मन्तव्य राख्ने विषय कार्यसूचीमा समावेश छ ।
आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले प्रदेश सामयिक कर राजश्व सङ्कलन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सभा बैठकमा पेश गर्ने सम्भावित कार्यसूची रहेको प्रदेश सभा सचिवालयले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जुनसुकै बेला जेसुकै हुन सक्छ, तयार भएर बस्नुहोस्: गृहमन्त्री
-
‘अपरेसन सिन्दूर’ को बारेमा भारतीय जनरलको नयाँ खुलासा
-
उद्योग वाणिज्य महासङ्घका अध्यक्ष ढकाल र ‘आइएमएफ’ नेपाल मिसन प्रमुखबीच भेटवार्ता
-
एलन मस्कका बुबा एरोल मस्क भारतमा
-
‘नेपाल चीनसँग नजिक हुँदै गइरहेको छ’: भारतीय कांग्रेस नेता पवन खेडा
-
रामेछापमा अन्तरजातीय विवाह गर्ने १४ जोडी सम्मानित