आइतबार, ०४ जेठ २०८२
ताजा लोकप्रिय

३ जना मृतावस्थामा फेला

आइतबार, ०४ जेठ २०८२, १३ : २५
आइतबार, ०४ जेठ २०८२

काठमाडौं । काठमाडौँसहित रुपन्देही र धनुषामा तीन जना मृतावस्थामा फेला परेका छन् । प्रहरीका अनुसार काठमाडौँ महानगरपालिका-९ पिङ्गलास्थान नजिकै सडक किनारामा अन्दाजी ३० वर्षीय पुरूष आइतबार मृत अवस्थामा फेला परेका छन् ।
    
यसैगरी रूपन्देहीको सिद्धार्थनगर नगरपालिका-९ प्रभातपथ बस्ने ८० वर्षीया सकुन्तला लम्साल आफ्नै घरमा शनिबार मृत अवस्थामा फेला परेकी छिन् । 

 धनुषाको बटेश्वर गाउँपालिका-४ पुजारी टोल घर भई सोही गाउँपालिकाको कार्यालयमा कार्यरत कार्यालय सहयोगी ५५ वर्षीय कुशेशर पासवान पनि सोही कार्यालयमा आइतबार मृत अवस्थामा फेला परेका छन् । 

यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप