३ जना मृतावस्थामा फेला
आइतबार, ०४ जेठ २०८२, १३ : २५
काठमाडौं । काठमाडौँसहित रुपन्देही र धनुषामा तीन जना मृतावस्थामा फेला परेका छन् । प्रहरीका अनुसार काठमाडौँ महानगरपालिका-९ पिङ्गलास्थान नजिकै सडक किनारामा अन्दाजी ३० वर्षीय पुरूष आइतबार मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी रूपन्देहीको सिद्धार्थनगर नगरपालिका-९ प्रभातपथ बस्ने ८० वर्षीया सकुन्तला लम्साल आफ्नै घरमा शनिबार मृत अवस्थामा फेला परेकी छिन् ।
धनुषाको बटेश्वर गाउँपालिका-४ पुजारी टोल घर भई सोही गाउँपालिकाको कार्यालयमा कार्यरत कार्यालय सहयोगी ५५ वर्षीय कुशेशर पासवान पनि सोही कार्यालयमा आइतबार मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण