बैंकिङ कसुर मुद्दाका दुई जना फरार प्रतिवादीहरू पक्राउ
बुधबार, ०७ जेठ २०८२, १३ : १५
सारांश
- प्रहरीले बैंकिङ कसुर मुद्दाका दुई फरार प्रतिवादीलाई पक्राउ गरेको छ।
- पक्राउ पर्नेमा विप्लव कुमार कर्ण र सुजन घिसिङ तामाङ रहेका छन्।
- विप्लवलाई अदालतमा पेश गरिएको छ भने सुजनलाई थप अनुसन्धानका लागि प्रहरी वृत्त पठाइएको छ।
काठमाडौँ । बैंकिङ कसुर मुद्दाका २ जना फरार प्रतिवादीहरूलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ललितपुर महालक्ष्मी नगरपालिका-४ इमाडोल बस्ने धनुषा घर भएका ४० वर्षीय विप्लव कुमार कर्ण र काठमाडौँ महानगरपालिका-३१ बस्ने रामेछाप घर भएका २७ वर्षीय सुजन घिसिङ तामाङ रहेका छन् ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले जिल्ला अदालत काठमाडौँबाट उक्त मुद्दामा पक्राउ पुर्जी जारी भई फरार रहेका विप्लवलाई ललितपुर इमाडोलबाट र सोही मुद्दामा फरार रहेका सुजनलाई काठमाडौँ जोरपाटीबाट पक्राउ गरेको हो ।
पक्राउ मध्ये विप्लवलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौँमा पेस गरिएको छ भने सुजनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको प्रहरी वृत्त महाराजगन्ज पठाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण