बुधबार, ०७ जेठ २०८२
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बैंकिङ कसुर मुद्दाका दुई जना फरार प्रतिवादीहरू पक्राउ

बुधबार, ०७ जेठ २०८२, १३ : १५
बुधबार, ०७ जेठ २०८२

समाचार सारांश

  • प्रहरीले बैंकिङ कसुर मुद्दाका दुई फरार प्रतिवादीलाई पक्राउ गरेको छ।
  • पक्राउ पर्नेमा विप्लव कुमार कर्ण र सुजन घिसिङ तामाङ रहेका छन्।
  • विप्लवलाई अदालतमा पेश गरिएको छ भने सुजनलाई थप अनुसन्धानका लागि प्रहरी वृत्त पठाइएको छ।

काठमाडौँ । बैंकिङ कसुर मुद्दाका २ जना फरार प्रतिवादीहरूलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ललितपुर महालक्ष्मी नगरपालिका-४ इमाडोल बस्ने धनुषा घर भएका ४० वर्षीय विप्लव कुमार कर्ण र काठमाडौँ महानगरपालिका-३१ बस्ने रामेछाप घर भएका २७ वर्षीय सुजन घिसिङ तामाङ रहेका छन् ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले जिल्ला अदालत काठमाडौँबाट उक्त मुद्दामा पक्राउ पुर्जी जारी भई फरार रहेका विप्लवलाई ललितपुर इमाडोलबाट र सोही मुद्दामा फरार रहेका सुजनलाई काठमाडौँ जोरपाटीबाट पक्राउ गरेको हो ।

पक्राउ मध्ये विप्लवलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौँमा पेस गरिएको छ भने सुजनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको प्रहरी वृत्त महाराजगन्ज पठाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप