ह्वाइट हाउसमा ट्रम्प र रामाफोसाबिच चर्काचर्की
सारांश
- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र दक्षिण अफ्रिकी राष्ट्रपति सिरिल रामाफोसाबीच ह्वाइट हाउसमा भेटवार्ता भयो, जसमा गोरा किसानहरूको मृत्युबारे बहस भयो।
- ट्रम्पले दक्षिण अफ्रिकामा गोरा किसानहरूको नरसंहार भइरहेको आरोप लगाए, तर रामाफोसाले यसलाई अस्वीकार गर्दै आफ्नो देशमा हत्या दर उच्च रहेको र काला मानिसहरू बढी पीडित भएको बताए।
- ट्रम्पले नरसंहारको प्रमाण देखाउने भन्दै भिडियो चलाए, जसमा हजारौं गोरा किसानको चिहान देखाइएको दाबी गरियो, जसलाई रामाफोसाले पहिले कहिल्यै नदेखेको बताए।
वासिङ्टन डीसी । केही समयअघि ह्वाइट हाउसमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना युक्रेनी समकक्षी भोलोदिमिर जेलेन्स्कीसँग झगडै गरेका थिए । ट्रम्पले एक पटक फेरि यस्तै रवैया देखाएका छन् ।
ट्रम्पले बुधवार ह्वाइट हाउसमा दक्षिण अफ्रिकी राष्ट्रपति सिरिल रामाफोसासँग भेटवार्ता गरेका थिए । यसक्रममा ट्रम्पले दुई देशहरू बिचको विवादको सबैभन्दा जटिल मुद्दा, गोरा किसानहरूको मृत्युको बारेमा बहस गरे ।
उनले दक्षिण अफ्रिकी राष्ट्रपतिमाथि गोरा किसानहरूको नरसंहारको आरोप लगाए । यो आरोप निराधार भएको भन्दै रामाफोसाले ट्रम्पको कुरा काटे । आफ्नो देशमा गोरा मानिसहरूलाई निशाना नै नबनाएको होइन तर आफ्नो देशमा हत्या दर निकै धेरै रहेको अनि गोराहरू भन्दा कालाहरू बढी पीडित भएको उनले बताए ।
ट्रम्पले देखाए नरसंहारको प्रमाण
कुराकानीको क्रममा ट्रम्पले गोरा मानिसहरूको नरसंहारको प्रमाण देखाउने दाबी गरिएको भिडियो चलाएका थिए । भिडियो चलिरहेको बेला रामाफोसा भावविहीन भएर बसे । भिडियोमा हजारौँ गोरा किसानहरूको चिहान देखाइएको ट्रम्पले भनेका थिए । यस्तो दृश्य पहिले कहिल्यै नदेखेको रामाफोसाले बताए ।
दक्षिण अफ्रिकाले गोरा किसानहरूको जग्गा कब्जा गरेको र घृणित बयानबाजी अनि सरकारी कारबाहीमार्फत गोरा जग्गाधनीहरू विरुद्ध हिंसालाई प्रोत्साहन गरेको आरोप पनि ट्रम्पले लगाए । ट्रम्पले दक्षिण अफ्रिकालाई यस्तो खालको आरोप लगाएको यो पहिलो पटक भने होइन । यसअघि पनि ट्रम्पले दक्षिण अफ्रिकामा अल्पसङ्ख्यक गोरा जनसङ्ख्यालाई निशाना बनाइएको आरोप लगाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
-
धर्नामा बसेकी विनुसँग महिलामन्त्रीको भेट
-
वरिष्ठ पशु चिकित्सक डा. नवीन उपाध्याय घिमिरेलाई सेवाबाट हटाउने निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण