ह्वाइट हाउसमा ट्रम्प र रामाफोसाबिच चर्काचर्की

समाचार सारांश
- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र दक्षिण अफ्रिकी राष्ट्रपति सिरिल रामाफोसाबीच ह्वाइट हाउसमा भेटवार्ता भयो, जसमा गोरा किसानहरूको मृत्युबारे बहस भयो।
- ट्रम्पले दक्षिण अफ्रिकामा गोरा किसानहरूको नरसंहार भइरहेको आरोप लगाए, तर रामाफोसाले यसलाई अस्वीकार गर्दै आफ्नो देशमा हत्या दर उच्च रहेको र काला मानिसहरू बढी पीडित भएको बताए।
- ट्रम्पले नरसंहारको प्रमाण देखाउने भन्दै भिडियो चलाए, जसमा हजारौं गोरा किसानको चिहान देखाइएको दाबी गरियो, जसलाई रामाफोसाले पहिले कहिल्यै नदेखेको बताए।
वासिङ्टन डीसी । केही समयअघि ह्वाइट हाउसमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना युक्रेनी समकक्षी भोलोदिमिर जेलेन्स्कीसँग झगडै गरेका थिए । ट्रम्पले एक पटक फेरि यस्तै रवैया देखाएका छन् ।
ट्रम्पले बुधवार ह्वाइट हाउसमा दक्षिण अफ्रिकी राष्ट्रपति सिरिल रामाफोसासँग भेटवार्ता गरेका थिए । यसक्रममा ट्रम्पले दुई देशहरू बिचको विवादको सबैभन्दा जटिल मुद्दा, गोरा किसानहरूको मृत्युको बारेमा बहस गरे ।
उनले दक्षिण अफ्रिकी राष्ट्रपतिमाथि गोरा किसानहरूको नरसंहारको आरोप लगाए । यो आरोप निराधार भएको भन्दै रामाफोसाले ट्रम्पको कुरा काटे । आफ्नो देशमा गोरा मानिसहरूलाई निशाना नै नबनाएको होइन तर आफ्नो देशमा हत्या दर निकै धेरै रहेको अनि गोराहरू भन्दा कालाहरू बढी पीडित भएको उनले बताए ।
ट्रम्पले देखाए नरसंहारको प्रमाण
कुराकानीको क्रममा ट्रम्पले गोरा मानिसहरूको नरसंहारको प्रमाण देखाउने दाबी गरिएको भिडियो चलाएका थिए । भिडियो चलिरहेको बेला रामाफोसा भावविहीन भएर बसे । भिडियोमा हजारौँ गोरा किसानहरूको चिहान देखाइएको ट्रम्पले भनेका थिए । यस्तो दृश्य पहिले कहिल्यै नदेखेको रामाफोसाले बताए ।
दक्षिण अफ्रिकाले गोरा किसानहरूको जग्गा कब्जा गरेको र घृणित बयानबाजी अनि सरकारी कारबाहीमार्फत गोरा जग्गाधनीहरू विरुद्ध हिंसालाई प्रोत्साहन गरेको आरोप पनि ट्रम्पले लगाए । ट्रम्पले दक्षिण अफ्रिकालाई यस्तो खालको आरोप लगाएको यो पहिलो पटक भने होइन । यसअघि पनि ट्रम्पले दक्षिण अफ्रिकामा अल्पसङ्ख्यक गोरा जनसङ्ख्यालाई निशाना बनाइएको आरोप लगाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेविसंघद्वारा ‘अच्युत स्मृति अक्षयकोष’ स्थापनाका लागि रकम हस्तान्तरण
-
आगामी आर्थिक वर्षको बजेट तयारीमा व्यस्त अर्थ मन्त्रालय
-
राजावादीको अर्को प्रयास : गणतन्त्र दिवसका दिन खुला चुनौती
-
माओवादी केन्द्रप्रति जनतामा आशा पलाएको छ : अध्यक्ष प्रचण्ड
-
‘कुलिङ पिरियड’ को प्रावधानबाट पछि हट्दैनौँ : खतिवडा
-
काठमाडौँमा ‘दक्षिण एसिया क्षेत्रीय युवा कार्यशाला’ सुरु