१० बजे १० समाचार : रविलाई ‘धक्का’देखि भिजिट भिसा प्रकरणले विवादमा गृहमन्त्रीसम्म

काठमाडौँ । आज मिति २०८२ साल जेठ महिनाको ९ गते शुक्रबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’मा ‘१० बजे १० समाचार’ लिएर उपस्थित भएका छौँ–
१. रवि हिरासतमै
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई रिहा गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ ।
बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा लामिछाने पक्राउ परेका थिए । उनलाई गैरकानूनी थुनामा राखेको भन्दै लामिछाने पत्नी निकिता पौडेलले सर्वोच्च अदालत अदालतमा रिहा गर्न माग गर्दै बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् ।
शुक्रबार सर्वोच्च अदालतका न्यायाशीशद्धय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासले लाामिछानेलाई रिहा गर्न अस्वीकार गरेको हो । यससँगै रविको रिहा हुने आशामा धक्का पुगेको छ।
२. रास्वपामा निराशा
सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गृहमन्त्री रवि लामिछानेलाई थुनामा पठाउने उच्च अदालत बुटवल इजलासको आदेशलाई सदर गरेपछि दिउँसोदेखि भैरहवामा जम्मा भएका कार्यकर्ताहरू निराश हुँदै घर फर्केका छन् । जिल्ला कारागार भैरहवामा रहेका रवि रिहा हुने अपेक्षासहित ठुलो सङ्ख्यामा रास्वपाका कार्यकर्ताहरू भैरहवामा जम्मा भएका थिए।
३. भूमिसम्बन्धी विधेयक
जनता समाजवादी पार्टी नेपालले भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२ लाई यथास्थितिमै कुनै पनि हालतमा स्वीकार नगर्ने प्रस्ट पारेको छ ।
अध्यादेशको रूपमा आएको भूमि सम्बन्धी ऐनलाई असफल बनाउन सफल भएको जसपा नेपालले संसदमा पेस भएको भूमि सम्बन्धी विधेयक यथास्थितिमा पास हुन नदिने जनाएको छ ।
४. विवादमा गृहमन्त्री
भिजिट भिसामा सेटिङ भएको उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा छापा मार्यो । छापा मार्ने क्रममा शङ्कास्पद लागेपछि अख्तियारले कार्यालयका प्रमुख अध्यागमन अधिकृत (सहसचिव) तीर्थराज भट्टराईलाई नियन्त्रणमा लियो । अख्तियारले उनको मोबाइल र कम्प्युटरको डिभाइस अनुसन्धान गर्न ‘फरेन्सिक ल्याब’मा पठाएको छ ।
सोही प्रकरणमा गृहमन्त्रालयको समेत कनेक्सन देखिएपछि गृहमन्त्री रमेश लेखक विवादमा तानिएको छन् ।
५. तीनकुने घटना
तीनकुनेमा चैत १५ मा भएको प्रदर्शनमा अवाञ्छित गतिविधि गरेको आरोपमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई ५ वटा मुद्दामा अभियोजन गर्न प्रहरीले राय दिएको छ । बिहीबार अनुसन्धान प्रतिवेदन बुझाउँदै प्रसाईंलाई राज्य विरुद्धको कसुर, आपराधिक उपद्रव, ज्यानसम्बन्धी कसुर, ज्यान मार्ने उद्योग र सङ्गठित अपराध मुद्दामा अभियोजन गर्न प्रहरीले राय दिएको हो ।
६. श्रमका कुरा
२०८० चैत २५ गते वैदेशिक रोजगार कार्यालय ताहाचलमा पत्रकार सम्मेलन गर्दै तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डीपी अर्यालले एक घण्टाभित्रै श्रम स्वीकृति जारी हुने घोषणा गरेका थिए । उनले सम्पूर्ण प्रक्रिया पूरा भएको खण्डमा दुई मिनेट ४४ सेकेण्डभित्रै श्रम स्वीकृति जारी गर्न सकिनेसमेत बताएका थिए । सबै प्रक्रिया पूरा गर्न भनेर उनले तत्कालका लागि एक घण्टाभित्र श्रम स्वीकृति जारी गरिने घोषणा गरेका थिए ।
अहिले भने वैदेशिक रोजगार विभागले एक घण्टाभित्रको साटो आवेदन दिएकै दिन श्रम स्वीकृति जारी गर्ने जनाएको छ । एक घण्टाभित्र श्रम स्वीकृति दिने नीति असफल भएपछि विभागले पुनः आवेदन दिएकै दिनमा श्रम स्वीकृतिको थालनी गरेको हो ।
७. संवैधानिक आयोगमा नियुक्ति
विभिन्न ६ संवैधानिक आयोगका प्रमुख र ८ सदस्य रिक्त छन् । २०८१ वैशाख २ गते उमेर हदका कारण अध्यक्ष रामकृष्ण तिमिल्सिनाले कारण अवकाश पाएपछि राष्ट्रिय समावेशी आयोगमा नयाँ अध्यक्ष नियुक्त हुन सकेको छैन ।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका अध्यक्ष बालानन्द पौडेल, थारू आयोगका अध्यक्ष विष्णुप्रसाद चौधरी, मधेसी आयोगका अध्यक्ष विजयकुमार दत्त र मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीको ६ वर्षे कार्यकाल गत चैत ७ गते सकिएको थियो । तर उनीहरूको बिदा भएपछि नयाँ अध्यक्ष नियुक्त हुन सकेका छैनन् ।
८. अख्तियारलाई पत्राचार
सार्वजनिक लेखा समितिले पोखरा विमानस्थलमा भएको भ्रष्टाचार छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पत्र पठाएको छ ।
बुधबारको बैठकको निर्णय अनुसार उपसमितिको प्रतिवेदनमा रहेको सामान्य भाषिक त्रुटी सच्याएर पठाइएको समितिका सचिव एकराम गिरीले जानकारी दिए ।
९. राष्ट्र बैंक
आर्थिक सुधारका लागि नेपाल राष्ट्र बैंकले २२ वटा काम गर्नुपर्ने देखिएको छ । सरकारले स्वीकृत गरेको आर्थिक सुधार कार्यान्वयन कार्ययोजनामा राष्ट्र बैंकले गर्ने भनेर उक्त कार्य तोकिएको हो ।
राष्ट्र बैंकले गर्ने भनेका कामहरूमा मौद्रिक नीति, ब्याजदर, मुद्रास्फीति, विनिमय दर, सार्वजनिक ऋण, बैङ्किङ, पुँजी बजार, व्यावसायिक तथा लगानी वातावरणसँग सम्बन्धित छन् । यसमध्ये भारतीय मुद्रासँगको विनिमयदर पुनरावलोकन गर्ने विषय समेत समावेश छ । त्यस्तै, कम्तीमा ६० प्रतिशत कर्जा उत्पादनशील क्षेत्रमा प्रवाह हुने नीति लिने लगायत विषय छन् ।
१०. एकताको सवाल
नेपाल समाजवादी पार्टी (नेसपा)को गङ्गानारायण श्रेष्ठ समूहले मात्र नेकपा माओवादी केन्द्रसँग पार्टी एकता गर्ने भएको छ । पार्टी एकता गर्ने पूर्वसहमतिबाट अध्यक्ष महिन्द्र राय यादव पछि हटेपछि श्रेष्ठ समूह माओवादीमा समाहित हुन लागेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजावादी आन्दोलनबारे अन्तर्राष्ट्रिय प्रजातन्त्र संघले के भन्यो ?
-
डाइभर्सन बगाउँदा कान्ति लोकपथ अवरुद्ध
-
प्रभु साहको प्रश्न– ‘मानव तस्करी घटनामा प्रधानमन्त्री किन मौन ?’
-
भोजपुरी भाषा सिकाउँदै वीरगञ्ज महानगर
-
किर्ते मुद्दामा दुहुँ गाउँपालिकाका लेखापाल प्रहरीको नियन्त्रणमा
-
माओवादी नेताहरुद्वारा सहिद तथा बेपत्ताजनका परिवारसँग भेटघाट