शनिबार, १७ जेठ २०८२
ताजा लोकप्रिय
राजावादी आन्दाेलन

शान्तिबाटिकाबाट माइतीघर पुग्यो राजावादीको आन्दोलन (तस्बिरहरू)

शुक्रबार, १६ जेठ २०८२, १४ : १९
शुक्रबार, १६ जेठ २०८२

काठमाडौँ । राजसंस्था पुनर्स्थापना गर्न भन्दै बिहीबार (जेठ १५) देखि अनिश्चितकालिन आन्दोलन सुरु गरिएको छ । बिहीबार काठमाडौँको शान्तिबाटिकामा आन्दोलन गरेको राजावादीहरूले शुक्रबार माइतीघरमण्डलामा आन्दोलन गरेका छन् । 

अघिल्लो दिनको तुलनामा सहभागीको संख्या न्यून भए पनि माइतीघर चोकमा आन्दोलन भएकाले बबरमहल-वानेश्वर सडक खण्ड अस्तव्यस्त बनेको छ । यसअघि गत चैत्र १५ गते पनि काठमाडौँको तीनकुनेमा राजसंस्थावादी समूहले प्रदर्शन गरेको थियो । त्यसक्रममा राजावादीहरुको आन्दोलन हिंसात्मक बनेपछि एक पत्रकार सहित दुई जनाको मृत्यु समेत भएको थियो । 

राजसंस्था पुनर्स्थापना नभएसम्म आन्दोलन जारी राख्ने राजावादीहरूले बताएका छन् ।

09-910-1011-1112-1213-1314-1415-1516-16

01-102-203-304-405-506-607-708-8

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप