शनिबार, १७ जेठ २०८२
ताजा लोकप्रिय
नयाँ बजेट

नयाँ बजेटमा सबै पक्षको सकारात्मक प्रतिक्रिया आयो : विष्णु रिमाल

शुक्रबार, १६ जेठ २०८२, १४ : ३२
शुक्रबार, १६ जेठ २०८२

काठमाडौँ । सत्तारुढ दल नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि बिहीबार संसद्मा पेस गरिएको नयाँ बजेटमा सबै पक्षको सकारात्मक प्रतिक्रिया आएको बताएका छन् । 

शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले बजेटमा खोट देखाउने ठाउँ नपाएपछि कतिपयमा बजेटले नराम्रै गर्छ भनेर कसरी देखाउने भन्ने चिन्ता परेको बताए ।

रिमालले विभिन्न दल र सार्वजनिक जीवनमा चिनिएकाहरू पनि ‘नराम्रो भन्ने नसक्ने र राम्रो भन्न पनि मन नलाग्ने’ द्विविधामा परेको बताए । उनले बजेट मात्रै सबै विषय नभएको भन्दै गुण–दोष, तथ्य र तर्कका आधारमा टिप्पणी गर्नुपर्ने सुझाव समेत दिए । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप