मङ्गलबार, २० जेठ २०८२
ताजा लोकप्रिय

बचतकर्ताको रकम हिनामिना गर्ने बैँकका अधिकृत पक्राउ

आइतबार, १८ जेठ २०८२, ११ : ५१
आइतबार, १८ जेठ २०८२

समाचार सारांश

  • कर्णाली विकास बैंकका संस्थापक अध्यक्ष राजेन्द्रवीर राय बचतकर्ताको २ अर्ब ५० करोडभन्दा बढी रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका छन्।
  • प्रहरीले रायलाई रुपन्देहीको बेलहियाबाट पक्राउ गरेको हो, उनी लामो समयदेखि फरार थिए।
  • रायमाथि बैंकिङ कसुर मुद्दामा अनुसन्धान भइरहेको छ, नेपाल राष्ट्र बैंकको समन्वयमा थप छानबिन जारी छ।

काठमाडौँ  । कर्णाली विकास बैंकमा रहेको बचतकर्ताको रकम हिनामिना गर्ने बैंकका संस्थापक अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत राजेन्द्रवीर राय पक्राउ परेका छन् । नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरोबाट खटिएको टोलीले यही जेठ १७ गते रुपन्देही सिद्धार्थनगर नगरपालिका वडा नं १ बेलहियाबाट पक्राउ गरेको हो ।  

प्रहरीका अनुसार अनुसार पटक–पटक सञ्चालक समिति तथा अध्यक्ष भएका राय बचतकर्ताको रु दुई अर्ब ५० करोडभन्दा बढी रकम हिनामिना गरी फरार थिए । सल्यान घर भई हाल नेपालगन्जमा उपमहानगरपालिका–१० बस्ने ६५ वर्षे राय लामो समयदेखि फरार रहेको प्रहरीले जनाएको छ ।

रायविरुद्ध बैंकिङ कसुर तथा सजाय ऐनअन्तर्गतको कसुरमा नेपाल राष्ट्र बैँकको समन्वयमा थप अनुसन्धान भइरहेको ब्युरोका प्रवक्ता तथा सूचना अधिकृत युवराज खड्काले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप