बचतकर्ताको रकम हिनामिना गर्ने बैँकका अधिकृत पक्राउ
आइतबार, १८ जेठ २०८२, ११ : ५१
सारांश
- कर्णाली विकास बैंकका संस्थापक अध्यक्ष राजेन्द्रवीर राय बचतकर्ताको २ अर्ब ५० करोडभन्दा बढी रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका छन्।
- प्रहरीले रायलाई रुपन्देहीको बेलहियाबाट पक्राउ गरेको हो, उनी लामो समयदेखि फरार थिए।
- रायमाथि बैंकिङ कसुर मुद्दामा अनुसन्धान भइरहेको छ, नेपाल राष्ट्र बैंकको समन्वयमा थप छानबिन जारी छ।
काठमाडौँ । कर्णाली विकास बैंकमा रहेको बचतकर्ताको रकम हिनामिना गर्ने बैंकका संस्थापक अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत राजेन्द्रवीर राय पक्राउ परेका छन् । नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरोबाट खटिएको टोलीले यही जेठ १७ गते रुपन्देही सिद्धार्थनगर नगरपालिका वडा नं १ बेलहियाबाट पक्राउ गरेको हो ।
प्रहरीका अनुसार अनुसार पटक–पटक सञ्चालक समिति तथा अध्यक्ष भएका राय बचतकर्ताको रु दुई अर्ब ५० करोडभन्दा बढी रकम हिनामिना गरी फरार थिए । सल्यान घर भई हाल नेपालगन्जमा उपमहानगरपालिका–१० बस्ने ६५ वर्षे राय लामो समयदेखि फरार रहेको प्रहरीले जनाएको छ ।
रायविरुद्ध बैंकिङ कसुर तथा सजाय ऐनअन्तर्गतको कसुरमा नेपाल राष्ट्र बैँकको समन्वयमा थप अनुसन्धान भइरहेको ब्युरोका प्रवक्ता तथा सूचना अधिकृत युवराज खड्काले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण