फोटो फिचर
माइतीघर मण्डलामा सार्वजनिक यातायात व्यवसायीको प्रदर्शन (तस्बिरहरू)
आइतबार, १८ जेठ २०८२, १२ : ४७
_1ny8Txli2k.jpg)
काठमाडौँ । सार्वजनिक यातायात व्यवसायीहरूले विभिन्न ७ बुँदे माग राखी आज माइतीघर मण्डलादेखि बिजुलीबजारसम्म र्यालीसहित प्रदर्शन गरेका छन् ।
सार्वजनिक यातायात क्षेत्र बचाउनका लागि भन्दै उनीहरूले सरकारविरुद्ध आन्दोलन सुरु गरेका हुन् । सरकारले ल्याएको नियमावलीको विरोधमा गाडी थन्क्याएर व्यवसायी विरोधमा उत्रेका हुन् ।
सोमबारदेखि देशभरको यातायात ठप्प पार्ने निर्णय व्यवसायीले गरेका छन् । सरकार आफ्नो निर्णयबाट पछि नहट्ने अडानमा छ भने व्यवसायी निर्णय फिर्ता नहुँदासम्म आन्दोलन नछोड्ने बताइरहेका छन् ।