बिहीबार, २२ जेठ २०८२
ताजा लोकप्रिय

'जदौ'मा भित्रिइन् साम्राज्ञी

मङ्गलबार, २० जेठ २०८२, ०८ : ४१
मङ्गलबार, २० जेठ २०८२

काठमाडौँ । नयाँ वर्ष ०८२ को अवसरमा टाइटल डिजाइनसहित घोषणा गरिएको सामाजिक प्रेम कथानक फिल्म 'जदौ'को प्रमुख अभिनेत्रीमा साम्राज्ञी राज्य लक्ष्मी शाह अनुबन्धित भएकी छिन् । 

सिल्भर स्क्रिन इन्टरटेन्मेन्ट र सम्मिश्रण मुभिज एण्ड इन्टरटेन्मेन्ट प्रालिले संयुक्त रूपमा निर्माण गर्ने फिल्मको परिकल्पना र लेखन काजी लिम्बूको रहेको छ । फिल्मको निर्देशकको बारेमा भने निर्माण टिमले खुलाएको छैन । 

भदौबाट सुटिङ सुरु गरिने जदौ श्याम तामाङले खिच्ने छन् । बुद्धि माझी निर्माण व्यवस्थापन रहेको फिल्मका गीतमा बाबुल गिरीको सङ्गीत छ ।

फिल्मको सह निर्मातामा ओम चेम्जोङ्ग, राजाराम सुवेदी र शान्ता तामाङ छन् । अन्य कलकार तथा प्राविधिक बारे चाडै नै पूर्ण जानकारी दिइने सम्मिश्रण मुभिजका निर्देशक अन्जन शर्माले बताएका छन् । फिल्म ०८२ सालभित्रै दर्शक माझ ल्याउने योजना निर्माण टिमको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?