'जदौ'मा भित्रिइन् साम्राज्ञी
काठमाडौँ । नयाँ वर्ष ०८२ को अवसरमा टाइटल डिजाइनसहित घोषणा गरिएको सामाजिक प्रेम कथानक फिल्म 'जदौ'को प्रमुख अभिनेत्रीमा साम्राज्ञी राज्य लक्ष्मी शाह अनुबन्धित भएकी छिन् ।
सिल्भर स्क्रिन इन्टरटेन्मेन्ट र सम्मिश्रण मुभिज एण्ड इन्टरटेन्मेन्ट प्रालिले संयुक्त रूपमा निर्माण गर्ने फिल्मको परिकल्पना र लेखन काजी लिम्बूको रहेको छ । फिल्मको निर्देशकको बारेमा भने निर्माण टिमले खुलाएको छैन ।
भदौबाट सुटिङ सुरु गरिने जदौ श्याम तामाङले खिच्ने छन् । बुद्धि माझी निर्माण व्यवस्थापन रहेको फिल्मका गीतमा बाबुल गिरीको सङ्गीत छ ।
फिल्मको सह निर्मातामा ओम चेम्जोङ्ग, राजाराम सुवेदी र शान्ता तामाङ छन् । अन्य कलकार तथा प्राविधिक बारे चाडै नै पूर्ण जानकारी दिइने सम्मिश्रण मुभिजका निर्देशक अन्जन शर्माले बताएका छन् । फिल्म ०८२ सालभित्रै दर्शक माझ ल्याउने योजना निर्माण टिमको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टोखा क्षेत्रमा जग्गाको मूल्याङ्कन : ग्राण्डीदेखि गणेश मन्दिर क्षेत्रमा सबैभन्दा धेरै बढ्यो, कहाँ कति ?
-
चीनबाट नेपालले लिनुपर्ने लाभ
-
एमालेसँगको सहकार्य अघि बढिसकेको प्रचण्डको खुलासा
-
बालेन शाहको घोषणाको प्रभु साहद्वारा स्वागत
-
जनकपुर घटनापछि हर्क साम्पाङको प्रतिक्रिया : ‘अपमान होइन, यसले मेरो राजनीतिक उचाइ बढाएको महसुस भयो’
-
एनसेलको स्वामित्व कानुनबमोजिम हस्तान्तरण गर्न दूरसञ्चार प्राधिकरणलाई सर्वोच्चको निर्देशनात्मक आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण