जेठ ३० गतेदेखि दलित गोलमेच सम्मेलन हुने
सारांश
- काठमाडौँमा जेठ ३० गतेदेखि दलित गोलमेच सम्मेलन आयोजना हुने भएको छ, जसको उद्देश्य दलित समुदायमाथि हुने उत्पीडन रोक्नु हो।
- सम्मेलनमा डा.निर्मल विश्वकर्माले नेपालमा पहिलो पटक गोलमेच सम्मेलनको अभ्यास हुने र यसले उत्पीडनबाट मुक्तिको लागि बहस गर्ने बताए।
- सम्मेलनमा देशका ७ प्रदेश र ७७ जिल्लाबाट प्रतिनिधि आउनेछन्, जसले दलित आन्दोलनको समीक्षा गर्दै नयाँ विचारहरू प्रस्तुत गर्नेछन्।
काठमाडौँ । यही जेठ ३० गतेदेखि काठमाडौँमा दलित गोलमेच सम्मेलन हुने भएको छ । आयोजक राष्ट्रिय दलित गोलमेच सम्मेलनले यहाँ आज पत्रकार सम्मेलन गरी पछिल्लो समयमा दलित समुदायमाथि उत्पीडन बढ्दै गएको उल्लेख गर्दै त्यसलाई रोक्न तथा मुक्तिका लागि सम्मेलनको आयोजना गरिएको जनाएको छ । सम्मेलन असार १ गतेसम्म काठमाडौँको प्रज्ञा प्रतिष्ठानमा हुने छ ।
सम्मेलनका संयोजक डा.निर्मल विश्वकर्माले विश्व परिवेशमा गोलमेच सम्मेलनको अभ्यास भइसकेको सफल विधि भए पनि नेपालको लागि पहिलो हुने बताए । शदियौँदेखिको दलित समुदायमाथिको उत्पीडन र त्यसबाट मुक्तिको प्रयास वा सङ्घर्ष अभियानको समीक्षा गर्दै संयोजक विश्वकर्माले राज्यसत्तामा पूर्ण रुपमा समानुपातिक प्रतिनिधित्व, राज्यका स्रोतहरुमा हिस्सेदारी र धर्म सुधारलगायतका मुख्य ३ वटा एजेण्डमा बहस हुने संयोजक विश्वकर्माले जानकारी दिए ।
सम्मेलनका सचिवालय सदस्य तथा प्रवक्ता राजेश मयाल विक (अग्नीशिखा) ले देशका ७ प्रदेश र ७७ वटै जिल्लाहरुबाट सम्मेलनका लागि काठमाडौँ आउने क्रम जारी रहेको बताए । उनले सम्मेलन दलित मुक्तिको लागि कोसेढुङ्गा सवित हुने विश्वास व्यक्त गरे ।
राष्ट्रिय दलित गोलमेच सम्मेलन मूल आयोजक समिति सचिवालय सदस्य राजेश नेपालीले सात दशक लामो दलित आन्दोलन र संविधान सभाबाट निर्मित २०७२ को संविधान कार्यान्वयनको १० वर्षीय समीक्षा गर्दै वैचारिक र नविन आन्दोलनको आवश्यकता रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : आज सातै प्रदेशमा वर्षाको सम्भावना
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना
-
वडा कार्यालय र स्वास्थ्य चौकी भवन शिलान्यास
-
समयमै काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण