अनेक दुःख कष्टहरू पार गर्दै रातोपाटीलाई डिजिटल ‘हाइवे’ बनाएका छौँः ओम शर्मा
सारांश
- रातोपाटी डटकमका संस्थापक ओम शर्माले संस्थालाई हालको अवस्थामा ल्याउन गरेको संघर्षबारे बताए।
- संस्थापक शर्माले रातोपाटीको पत्रकारिता यात्राले डिजिटल हाइवेको दिशा तय गरेको बताए।
- रातोपाटीले प्रेस काउन्सिलको आचारसंहितालाई आत्मसात गर्दै निष्पक्ष र उत्तरदायी पत्रकारिता गर्दै आएको शर्माको भनाइ छ।
काठमाडौँ । रातोपाटी डटकमका संस्थापक ओम शर्माले अनेक दुःख कष्ट पार गर्दै संस्थालाई अहिलेको अवस्थामा ल्याइपुर्याउन सकिएको बताएका छन् ।
संस्थाको १२ औँ वार्षिकोत्सवका अवसरमा मंगलबार राजधानीमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै संस्थापक शर्माले रातोपाटीको पत्रकारिता यात्राले एउटा डिजिटल ‘हाइवे’को दिशा तय गरेको बताए ।
‘हामीले ठुला ठुला पहाड छिचोलेर रातोपाटीलाई यहाँसम्म ल्याएका हौं’ शर्माले भने, ‘अब यो एउटा डिजिटल हाइवे बनिसकेको छ । अब यसको संरक्षण र सदुपयोग सबैको साझा जिम्मेवारी हो।'
सो अवसरमा उनले पत्रकारिताको यात्रामा राजनीतिक, सामाजिक, आर्थिक क्षेत्रकाको साथ र सहयोग मिलेको भन्दै सबैप्रति आभार व्यक्त गरे।
‘हामीले कोहीप्रति पूर्वाग्रह राखेका छैनौँ,’ उनले स्पष्ट पारे, ‘हामीले प्रेस काउन्सिलको आचारसंहितालाई आत्मसात गर्दै निष्पक्ष र उत्तरदायी पत्रकारिता गर्दै आएका छौँ।’
उनले समृद्ध नेपाल निर्माणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण हुने भन्दै त्यसमा सहयोगी भूमिका निर्वाह गर्न प्रतिबद्ध रहेको क्रममा बताए । उनले बेथितिका विरुद्ध रातोपाटीले कलम चलाउँदै सतर्कता प्रदान गर्ने पनि सो क्रममा बताए ।
रातोपाटी डटकम अघिल्लो वर्ष प्रेस काउन्सिल नेपालबाट उत्कृष्ट अनलाइनको रूपमा सम्मानित भएको स्मरण गर्दै शर्माले त्यसलाई सम्पूर्ण टिमको सामूहिक उपलब्धि बताए।
विजया शर्माको अध्यक्षतामा सम्पन्न समारोहमा प्रमुख अतिथिका रूपमा प्रधानमन्त्री केपी शर्मा ओली उपस्थित थिए भने मञ्चमा पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराई, पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ, गृहमन्त्री रमेश लेखकलगायत विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
-
धर्नामा बसेकी विनुसँग महिलामन्त्रीको भेट
-
वरिष्ठ पशु चिकित्सक डा. नवीन उपाध्याय घिमिरेलाई सेवाबाट हटाउने निर्णय
-
निजी शिक्षामा करभन्दा शिक्षा प्रणालीको संरचनामै बहस गर्नुपर्छ : बाबुराम भट्टराई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण