मिडिया आलोचनात्मक बनेन भने उसले आफ्नो धर्म निर्वाह गर्न सक्दैन: डा भट्टराई
सारांश
- पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले मिडिया आलोचनात्मक नभए आफ्नो धर्म निर्वाह गर्न नसक्ने बताए।
- रातोपाटीको वार्षिकोत्सवमा बोल्दै भट्टराईले मिडियालाई लोकतन्त्रमा सत्तालाई औंला उठाउने र सचेत गराउने चौथो अंगको रूपमा चित्रण गरे।
- भट्टराईले रातोपाटीका संस्थापक ओम शर्माको संघर्ष र सफलताको प्रशंसा गर्दै, निष्पक्ष र आलोचनात्मक रहन सुझाव दिए।
काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा बाबुराम भट्टराईले मिडिया आलोचनात्मक नबने उसले आफ्नो धर्म निर्वाह गर्न नसक्ने बताएका छन् ।
रातोपाटी डटकमको १२ औँ वार्षिकोत्सवका अवसरमा मंगलबार राजधानीमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै भट्टराईले मिडिया आलोचनात्मक नबनेसम्म आफ्नो धर्म पूरा गर्न नसक्ने बताएका हुन् ।
‘मिडिया जनतालाई सुशिक्षित गर्ने माध्यम त हो नै’ डा भट्टराईले भने, ‘तर लोकतन्त्रमा मिडिया सत्तालाई औँलो देखाउने, सचेत गराउने, आवश्यक आलोचना गर्ने चौथो अंगको रूपमा अझ जिम्मेवार हुन्छ।’
उनले अगाडि भने, ‘यदि मिडिया आलोचनात्मक बनेन भने उसले आफ्नो धर्म निर्वाह गर्न सक्दैन ।’
उनले आफूलाई पनि बेलाबेला रातोपाटीले समाचारमार्फत घोचिरहेको उल्लेख गर्दै त्यसबाट आफूले पनि केही न केही सच्चिने मौका पाएको बताए ।
डा भट्टराईले रातोपाटीका संस्थापक ओम शर्माको संघर्षपूर्ण यात्रा र अहिलेको सफलताको खुलेर प्रशंसा गर्दै भने, ‘तिनै ओम शर्माको नेतृत्वमा यति ठूलो मिडिया हाउस बनेको देख्दा मेरो छाती गर्वले फुल्छ।’ उनले विगतमा आफूले ठट्टैमा ओम शर्मालाई रातोपाटी नाममा अनलाइन खोल्न सुझाएको भन्दै त्यसलाई शर्माले गम्भीरतापूर्वक लिई २०७० जेठ २७ देखि रातोपाटी सञ्चालनमा आएको समेत स्मरण गरे ।
सो क्रममा उनले रातोपाटीको सम्पूर्ण टिमलाई बधाई र शुभकामना दिँदै, निष्पक्ष, तथ्यपरक र आलोचनात्मक चेतनासहित अगाडि बढ्न सुझाव दिए ।
‘रातोपाटीले चौथो अंगको धर्म पुरा गरोस्, जनताको आवाज बनेर सत्तालाई सचेत गराइरहोस्,’ भट्टराईले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टोखा क्षेत्रमा जग्गाको मूल्याङ्कन : ग्राण्डीदेखि गणेश मन्दिर क्षेत्रमा सबैभन्दा धेरै बढ्यो, कहाँ कति ?
-
चीनबाट नेपालले लिनुपर्ने लाभ
-
एमालेसँगको सहकार्य अघि बढिसकेको प्रचण्डको खुलासा
-
बालेन शाहको घोषणाको प्रभु साहद्वारा स्वागत
-
जनकपुर घटनापछि हर्क साम्पाङको प्रतिक्रिया : ‘अपमान होइन, यसले मेरो राजनीतिक उचाइ बढाएको महसुस भयो’
-
एनसेलको स्वामित्व कानुनबमोजिम हस्तान्तरण गर्न दूरसञ्चार प्राधिकरणलाई सर्वोच्चको निर्देशनात्मक आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण