म रातोपाटीको नियमित पाठक हुँ : प्रधानमन्त्री

समाचार सारांश
- एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले रातोपाटी डटकमको भूमिकाको प्रशंसा गर्दै यसको सफलताको रहस्य मेहनत, निष्पक्षता र सन्तुलन भएको बताए।
- प्रधानमन्त्री ओलीले रातोपाटी नियमित पाठक भएको र यसले सन्तुलन कायम गर्दै तथ्यमा आधारित पत्रकारिता गरेको बताए।
- प्रधानमन्त्री ओलीले रातोपाटीको टिमलाई बधाई दिँदै यसले विशेष माया पाएको र राष्ट्रिय बहसलाई सहज बनाउने अपेक्षा व्यक्त गरे।
काठमाडौं । एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पत्रकारिताको माध्यममार्फत रातोपाटी डटकमले खेलेको भूमिकाको खुलेर प्रशंसा गरेका छन्। रातोपाटी डटकमको १२ औँ वार्षिकोत्सवको अवसरमा मंगलबार राजधानीमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उनले रातोपाटीको सफलताको रहस्य मेहनत, निष्पक्षता र सन्तुलन भएको बताए।
उनले आफू पनि रातोपाटीको नियमित पाठक रहेको उल्लेख गर्दै यसले सन्तुलन कायम गर्दै तथ्यमा आधारित पत्रकारिता गर्दै आएको बताए ।
'रातोपाटीले सन्तुलन कायम गर्दै तथ्यमा आधारित पत्रकारिता गर्दै आएको छ। म यसको नियमित पाठक हुँ,' प्रधानमन्त्री ओलीले भने, 'रातोपाटीले पत्रकारिताको धर्मलाई निवाह गरेको छ। यो मिडियाको सफलतामा टिमको एकता, सम्पादकीय जिम्मेवारी र समर्पण देखिन्छ।'
प्रधानमन्त्रीले रातोपाटीको टिमलाई विशेष बधाई दिँदै भने, 'रातोपाटीले विशेष माया पाएको मिडिया बनेको छ। विद्वानदेखि कलाकार, सन्तदेखि जनीतिज्ञसम्मले यसमा आस्था राखेका छन्, जुन निकै सराहनीय कुरा हो।'
उनले कार्यक्रममै लोकार्पण गरिएको 'संविधान संशोधनसम्बन्धी बहस, अन्तर्वार्ता र विचारहरूको संग्रह' को चर्चा गर्दै यसले राष्ट्रिय बहसलाई सहज बनाउने अपेक्षा व्यक्त गरे।
प्रधानमन्त्री ओलीले नेपाली सञ्चारमाध्यमले जनतालाई सुशिक्षित, सुसूचित र स्वस्थ बनाउन भूमिका खेल्नुपर्नेमा जोड दिँदै रातोपाटीले आलोचना र प्रशंसाको सन्तुलन समेत मिलाएको उल्लेख गरे।
'गल्ती गरे आलोचना गर्नुपर्छ, राम्रो गरे प्रशंसा गर्न सक्नुपर्छ,' उनले भने । सो अवसरमा रातोपाटीलाई शुभकामना दिँदै प्रधानमन्त्रीले भने, 'रातोपाटीले यति लामो यात्रा तय गर्यो, माया बटुल्यो। अब अझ बढी जनविश्वास प्राप्त गर्दै सफलताको शिखर चुमोस्। फेरि पनि जन्मदिनको धेरै-धेरै शुभकामना।'
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रौतहटमा सवारी दुर्घटनामा एक जनाको मृत्यु भएपछि सडक अवरुद्ध
-
लोसपाका महासचिवले स्थापना गरे ‘सहिद सन्तति वृत्ति कोष’
-
एक साताभित्र देशभर मनसुन सक्रिय हुन्छ : मौसम विज्ञान विभाग
-
हुन्डीको रकमसहित क्षेत्रपाटीबाट दुई जना पक्राउ
-
संसद्को गतिरोध अन्त्यका लागि कांग्रेस, एमाले र माओवादी छलफलमा
-
एमाले महासचिव पोखरेल बेलायत प्रस्थान