ओपन कन्सर्टका लागि लन्डन आइपुगे अन्जु पन्त र खेम सेन्चुरी

समाचार सारांश
- चर्चित गायिका अन्जु पन्त र गायक खेम सेन्चुरी बेलायतमा हुन लागेको कन्सर्टका लागि लन्डन आइपुगेका छन्।
- मगर संघ यूकेले आयोजना गर्ने कन्सर्टमा भ्वाइस अफ नेपाल सिजन ३ का विजय ठाडा मगर पनि सहभागी हुनेछन्।
- कन्सर्टमा नेपाली कला, संस्कृति र संगीतको प्रवर्द्धन गर्ने उद्देश्य रहेको छ, जसमा ५ हजार दर्शकको सहभागिता रहने अनुमान छ।
लन्डन । बेलायतमा हुन गइरहेको १७ औँ नेपाली ओपन कन्सर्टमा भाग लिन चर्चित गायिका अन्जु पन्त र गायक खेम सेन्चुरी बुधवार राती लन्डन आइपुगेका छन् ।
मगर संघ यूकेले १४ जुन शनिबार आयोजना गर्न लागेको नेपाली ओपन कन्सर्ट २०२५ मा प्रस्तुति दिन उनीहरू लन्डन आएका हुन् । यसैगरी भ्वाइस अफ नेपाल सिजन ३ मा टप १२ मा पर्न सफल युवा कलाकार विजय ठाडा मगर पनि बेलायत आएका छन् । कलाकारहरूलाई मगर संघ बेलायतका अध्यक्ष लालु पुनलगायतको टोलीले विमानस्थलमा स्वागत गरेको थियो ।
बेलायतमा नेपाली कला संस्कृति, गीत, संगीत, जगेर्ना र प्रवर्धन गर्ने उद्देश्यसहित मगर संघ यूकेले सन् २००६ देखि हरेक वर्ष नेपाली ओपन कन्सर्ट आयोजना गर्दै आएको हो । करिब ५ हजार दर्शक सहभागी हुने सो कन्सर्टमा बेलायतका बेलायतका स्थानीय कलाकारले समेत नृत्य पनि प्रस्तुत गर्नेछन् ।
'म्यूजिक फर युनिटी' नाराका साथ बेलयतको फार्नब्रो रग्बी फुटबल क्लबमा बिहान ११ देखि बेलुकी ८ बजेसम्म हुने सो कन्सर्टमा बालबालिकाका लागि मनोरन्जनात्मक खेल साथै युवा, वयस्क र ज्येष्ठ नागरिक सबैलाई मनोरञ्जन दिने सांस्कृतिक कार्यक्रम प्रस्तुत हुने आयोजकले बताएका छन् ।
बेलायतका लागि नेपाली राजदूत चन्द्रकुमार घिमिरे प्रमुख अतिथि रहने सो कार्यक्रममा बेलायतका स्थानीय मेयर, उपमेयर, काउन्सिलरहरू साथै बेलायतस्थित विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधि अतिथि रहनेछन् ।भ्वाइस अफ नेपाली सिजन ६ का कोचसमेत रहेका खेम सेन्चुरी र गायिका अन्जु पन्त भने कार्यव्यस्तताका कारण कन्सर्ट सकिएलगत्तै भोलिपल्टै नेपाल फर्कने कार्यक्रम छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
९० रुपैयाँभन्दा कम नेटवर्थ भएका कम्पनीको आईपीओ नरोक्न धितोपत्र बोर्डलाई पत्र
-
गृहमन्त्री बोल्दा रास्वपाले गर्यो बेल घेराउ र नाराबाजी
-
जनवादी शिक्षा समाजको आवश्यकता कि राजनीतिक नारा ?
-
संसद्मा गृहमन्त्रीको प्रश्न : अख्तियारमा दुई जना डीआईजी राख्न मिल्छ ?
-
रास्वपाको नाराबाजीका बिच गृहमन्त्रीले दिए संसदमा स्पष्टीकरण, तस्बिरहरु
-
अहिलेका राजनीतिक दलहरू यथावत रहेसम्म देश बदलिँदैन : घनश्याम भुसाल