बागमती प्रदेशसभाको बैठक बस्दै, आर्थिक सर्वेक्षण पेस हुने
सारांश
- बागमती प्रदेशसभाको बैठक आज दिउँसो १ बजे बस्दैछ, जसमा आगामी आर्थिक वर्षको आर्थिक सर्वेक्षण प्रस्तुत हुनेछ।
- आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले आर्थिक सर्वेक्षण प्रस्तुत गर्नेछन्, जुन बजेट पेस गर्नुअघि गरिन्छ।
- आर्थिक सर्वेक्षणले प्रदेशको आर्थिक अवस्थाको मूल्याङ्कन गर्छ र नीति निर्माण, बजेट तर्जुमा, तथा दीर्घकालीन योजना बनाउन सहयोग गर्छ।
मकवानपुर । बागमती प्रदेशसभाको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने बैठकमा प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि आर्थिक सर्वेक्षण प्रस्तुत गरिने कार्यसूची रहेको छ ।
प्रदेशसभाका सभामुख भवन कुमार पाठकका अनुसार प्रदेशसभाको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले सर्वेक्षण पेस गर्ने कार्यसूची रहेको छ । प्रदेश सरकारको बजेट कार्यक्रम संसदमा पेस गर्नुपूर्व आर्थिक सर्वेक्षण पेस गर्ने प्रक्रिया रहेको उनले बताए ।
प्रदेश वा क्षेत्रको आर्थिक अवस्था, संरचना, प्रगति, समस्या र सम्भावनाको समग्र मूल्याङ्कन गरी नीति निर्माण, बजेट तयार पार्ने प्रक्रिया, तथा दीर्घकालीन योजना बनाउने आधार स्तम्भका रूपमा आर्थिक सर्वेक्षणलाई लिइन्छ ।
एक आर्थिक वर्षमा भएको आर्थिक गतिविधिहरूको समीक्षा (उत्पादन, रोजगारी, गरिबी, उद्योग, कृषि, सेवा, राजस्व, आय–व्यय आदि सूचकहरूको विवरण) गरी तयार गरिने सांख्यिकीय र विश्लेषणात्मक प्रतिवेदन (आर्थिक सर्वेक्षण) नीति निर्माणका लागि आधार तयार पार्न, आगामी बजेट तथा विकास योजनाको रुपरेखा निर्धारण गर्न, अर्थतन्त्रको स्वास्थ्य मूल्याङ्कन गर्न, सूचना पारदर्शिता र जवाफदेहिता सहित विकास र सुधारको योजना निर्माण, लगानीकर्ताको मार्ग निर्देशन तथा नीतिगत निर्णय लिन तयार गर्ने गरिन्छ ।
प्रदेश सरकारले आगामी असार १ गते संसदमा आर्थिक वर्ष २०८२/०८३ को वार्षिक अनुमानित आय व्ययको विवरण प्रस्तुत हुनेछ । शुक्रबारको प्रदेशसभाको बैठकमा प्रदेशसभाका विषयगत समितिहरूको वार्षिक प्रतिवेदन समेत पेस हुने कार्यसूची रहेको सभामुख पाठकले बताए । प्रदेशसभाका विषयगत ६ वटा समितिहरू रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेमिफाइनलको शतप्रतिशत विरासत जोगाएको स्पेन: दोस्रो ऐतिहासिक उपाधि नजिक
-
फिफा वरीयताको शीर्ष स्थानमा उक्लियो स्पेन, अर्जेन्टिनालाई उछिन्दै फ्रान्स दोस्रोमा
-
आठौँ सेमिफाइनलमा फ्रान्स स्तब्ध: यस्तो छ विश्वकप अन्तिम चारमा फ्रान्सको उतारचढावपूर्ण इतिहास
-
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण