इरान इजरायल तनाव
अपडेट: सुरक्षित स्थान छाड्न मिल्ने, तर सतर्क रहन इजरायली सेनाको आग्रह
शनिबार, ३१ जेठ २०८२, ०४ : ५२
सारांश
- इजरायली सेनाले देशभरका नागरिकलाई सुरक्षित स्थान छाड्न अनुमति दिएको छ, तर नजिकै रहन आग्रह गरेको छ।
- इरानबाट प्रहार गरिएका मिसाइलहरूमध्ये केहीलाई रोक्न सफल भएको र केही इजरायली भूभागमा खसेको बताइएको छ।
- इजरायली आक्रमणबाट ७८ जनाको मृत्यु भएको छ भने ३०० भन्दा बढी घाइते भएका छन्।
काठमाडौं । इजरायली रक्षा बल (आइडिएफ) ले देशभरका नागरिकलाई सुरक्षित स्थान (सेल्टर) छाड्न मिल्ने घोषणा गरेको छ। तर, नागरिकहरूलाई अझै पनि ती सेल्टरहरूको नजिकै रहन आग्रह गरिएको बीबीसीले जनाएको छ।
यसअघि सेनाले नागरिकलाई अर्को सूचना नआएसम्म सुरक्षित स्थानमा बस्न निर्देशन दिएको थियो।
सेनाका अनुसार पछिल्लो एक घण्टामा इरानबाट प्रक्षेपित दर्जनौँ मिसाइलमध्ये केहीलाई रोक्न सफल भएको छ। यद्यपि केही क्षेप्यास्त्रहरू इजरायली भू–भागमा खसेको रिपोर्ट प्राप्त भएको छ।
देशका विभिन्न स्थानहरूमा खसेका क्षेप्यास्त्रहरूको रिपोर्टका आधारमा खोज तथा उद्धार टोलीहरू परिचालित भइसकेका सेनालाई उदृद्ध गर्दै बीबीसीले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण