बिरामी परिन् पप गायिका काइली मिनोग
सारांश
- अष्ट्रेलियाली गायिका काइली मिनोग बिरामी परेपछि युरोपका चार शो स्थगित भयो।
- बेलायतमा 'टेन्सन' टुरमा रहेकी मिनोगको आवाजमा समस्या आएपछि शो रद्द गरिएको हो।
- मिनोगले भाइरल संक्रमणका कारण स्वास्थ्यमा समस्या आएको र नयाँ मिति तय गर्ने प्रयास भइरहेको बताएकी छिन्।
वासिङ्टन डीसी । अस्ट्रेलियन पप गायिका काइली मिनोग बिरामी परेकी छिन् । बिसन्चोकै कारण गायिकाले युरोपमा हुन लागेको आफ्नो आगामी चार शो स्थगित गर्ने घोषणा गरेकी छिन् । काइली मिनोग बेलायतमा ‘टेन्सन’ टुरमा थिइन् ।
तर आवाजमा समस्याका कारण उनले आफ्ना चारै शो रद्द गर्नुपर्यो । सात वर्षमा यो उनको पहिलो वर्ल्ड टूर थियो । उनको करियरको भने यो १६ औँ टुर थियो । सोमबार मिनोगले बर्लिनमा प्रस्तुति दिनेवाला थिइन् । त्यसपछि पोल्याण्ड, लिथुआनिया र इस्टोनियामा कन्सर्टहरू हुनेवाला थियो । तर स्वास्थ्यमा समस्या आएपछि गायिकाले शो स्थगित गर्ने घोषणा गरेकी छिन् ।
‘मेरा प्रेमीहरू, तपाईँहरूमध्ये कसैलाई थाहा होला, एक हप्ता अघि हामीले बेलायतमा ‘टेन्सन’ टुरको प्रचार गरेका थियौँ । म लगभग सफल भएँ तर दुर्भाग्यवश भाइरल सङ्क्रमणको सिकार भएँ । मेरो अर्को कन्सर्ट सुरु गर्न मैले छिट्टै निको हुने प्रयास गरेँ तर मलाई लाग्छ कि मलाई स्टेजमा फर्कन धेरै समय लाग्नेछ । म धेरै, धेरै माफी चाहन्छु! बर्लिन, लोड्ज, कौनास र टालिनमा हुने शोहरू स्थगित गर्नु बाहेक मसँग अरू कुनै विकल्प छैन ।’
माइक्रो ब्लगिङ वेबसाइट एक्समा मिनोगले एउटा पोस्टमा लेखेकी छिन् । पोस्टमा गायिकाले शोका टिकटहरू सम्हालेर राख्न भनेकी छिन् । शोका लागि नयाँ मिति तय गर्ने प्रयास भइरहेको र चाँडै नै यसको अपडेट दिइने पनि उनले पोस्टमा भनेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
-
धर्नामा बसेकी विनुसँग महिलामन्त्रीको भेट
-
वरिष्ठ पशु चिकित्सक डा. नवीन उपाध्याय घिमिरेलाई सेवाबाट हटाउने निर्णय
-
निजी शिक्षामा करभन्दा शिक्षा प्रणालीको संरचनामै बहस गर्नुपर्छ : बाबुराम भट्टराई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण