टी–ट्वान्टी सिरिजको दोस्रो खेलमा स्कटल्यान्डसँग खेल्दै नेपाल
सारांश
- नेपाली क्रिकेट टोलीले स्कटल्यान्डसँग टी-ट्वान्टी सिरिजको दोस्रो खेल खेल्दै छ। खेल बेलुका ७:४५ मा सुरु हुनेछ।
- नेपालले नेदरल्यान्ड्स र स्कटल्यान्डसँग सिरिज खेलिरहेको छ। पहिलो खेलमा नेपाल नेदरल्यान्ड्ससँग सुपर ओभरमा पराजित भयो।
- आजको खेलमा नेपाल जित निकाल्दै सिरिजमा बलियो बन्ने योजनामा छ भने स्कटल्यान्ड लगातार दोस्रो जितको खोजीमा छ।
काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले घरेलु टोली स्कटल्यान्डसँग टी–ट्वान्टी सिरिजको दोस्रो खेलमा आज (मंगलबार) प्रतिस्पर्धा गर्दै छ ।
ग्लासगोमा हुने नेपाल र स्कटल्यान्डबिचको खेल नेपाली समय अनुसार बेलुका ७ः४५ मा सुरु हुनेछ । आईसीसी विश्वकप लिग–२ खेल्न स्कटल्यान्ड पुगेको नेपालले नेदरल्यान्ड्स र स्कटल्यान्डसँग सिरिज खेलिरहेको छ ।
सिरिजको पहिलो खेलमा नेपाल नेदरल्यान्ड्ससँग सुपर ओभरमा पराजित भएको थियो । विश्व क्रिकेटको इतिहासमा तीन सुपर ओभर पहिलो पटक भएको हो । स्कटल्यान्डमा नै भएको आईसीसी विश्वकप लिग–२ को दुई खेलमा नेपालले एक खेलमा जित निल्दा एक खेलमा स्कटल्यान्डले जित निकालेको थियो ।
पहिलो खेलमा नेदरल्यान्ड्सँग पराजित भएको नेपाल आजको खेलमा सहज जित निकाल्दै सिरिजमा आफूलाई बलियो बनाउने योजनामा हुनेछ । यता पहिलो खेलमा नेदरल्यान्ड्सलाई हराएको स्कटल्यान्ड लगातार दोस्रो जितको खोजीमा हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धर्नामा बसेकी विनुसँग महिलामन्त्रीको भेट
-
वरिष्ठ पशु चिकित्सक डा. नवीन उपाध्याय घिमिरेलाई सेवाबाट हटाउने निर्णय
-
निजी शिक्षामा करभन्दा शिक्षा प्रणालीको संरचनामै बहस गर्नुपर्छ : बाबुराम भट्टराई
-
टोखा क्षेत्रमा जग्गाको मूल्याङ्कन : ग्राण्डीदेखि गणेश मन्दिर क्षेत्रमा सबैभन्दा धेरै बढ्यो, कहाँ कति ?
-
चीनबाट नेपालले लिनुपर्ने लाभ
-
एमालेसँगको सहकार्य अघि बढिसकेको प्रचण्डको खुलासा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण