‘विश्वकै उत्कृष्ट विद्यालय पुरस्कार, २०२५’ को शीर्ष १० मा कोपिला भ्याली छनोट
सारांश
- सुर्खेतको कोपिला भ्याली स्कुल 'विश्वकै उत्कृष्ट विद्यालय पुरस्कार,२०२५' को शीर्ष १० मा छनोट भएको छ।
- विद्यालयले 'वातावरणीय कार्य' विधामा उत्कृष्ट १० सूचीमा स्थान बनाएको छ, जसले नेपाललाई गर्व दिलाएको छ।
- उत्कृष्ट १० मा परेको विद्यालयले अबुधाबीमा हुने समिटमा भाग लिनेछ र मतदानमार्फत विजेता छनोट हुनेछ।
सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरस्थित कोपिला भ्याली स्कुल ‘विश्वकै उत्कृष्ट विद्यालय पुरस्कार,२०२५’ को शीर्ष १० मा छनोट भएको छ । सो स्कुलले ‘टी फोर एजुकेसन’लाई उद्धृत गर्दै विश्वको दश शीर्ष विद्यालयभित्र कोपिला भ्याली छनोट भएको जनाएको छ ।
टी फोर एजुकेसनले विभिन्न विधामा विश्वका विद्यालयहरूलाई पुरस्कार प्रदान गर्दै आएको छ । ‘वातावरणीय कार्य’ विधामा कोपिलाले उत्कृष्ट १० सूचीमा आफ्नो स्थान बनाएको हो ।
कोपिला भ्याली समाजका अध्यक्ष टोपबहादुर मल्लले विद्यालयस्तरबाट पर्यावरण संरक्षणमा नेपाल पहिलो पटक विश्वकै १० औँ उत्कृष्ट विद्यालयको सूचीमा परेको जानकारी दिए । उनले भने, ‘यो नेपालीका लागि गर्वको कुरा हो । अब उत्कृष्ट हुन सबैको सहयोग आवश्यक छ ।’
अध्यक्ष मल्लका अनुसार उत्कृष्ट १० मा पर्न सफल स्कुलले आगामी सन् २०२५ नोभेम्बर १५ देखि १६ तारिखसम्म यासिमा ब्रिटिस एकेडेमी, अबुधावी युएइमा हुने ‘विश्व स्कुल समिट’मा सहभागी हुन पाउने छ ।
सो स्कुलका ‘प्रिन्सिपल’ राजेनकुमार कार्कीका अनुसार उत्कृष्ट दश विद्यालयबिचको आपसी प्रतिस्पर्धाबाट प्रथम आउन भोटको आवश्यक पर्छ । मतदान सुरु भइसकेको छ । यसका लागि सम्पूर्ण नेपालीले जतिसक्दो कोपिला भ्यालीलाई मतदान गरी देशको सान, पहिचान र स्वाभिमानलाई विश्वमाझ चिनाउन सहयोग गर्न सरोकारवालालाई उनले आग्रह गरे ।
अबुधावीमा हुने शिखर सम्मेलनमा विजेता घोषणा गरिने जनाइएको छ । वातावरणीय कार्य, समुदाय सहकार्य, नवप्रवर्तन, चुनौती पार गर्ने क्षमता र स्वस्थ जीवनशैली विधामा उत्कृष्ट दश वटा देशका विद्यालय छनोट भइसकेका छन् भने ५० राष्ट्र समिटमा सहभागी हुने टि फोरले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण