दुर्घटना
चितवनमा बस र माइक्रो बस ठोक्किँदा ७ जनाको मृत्यु
शनिबार, ०७ असार २०८२, १२ : १३
सारांश
- चितवनमा बस र इभी माइक्रो बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ।
- शनिबार बिहान राप्ती नगरपालिका-३ मा भएको दुर्घटनामा ३१ जना घाइते भएका छन्।
- मृतकहरुको सनाखत हुन बाँकी छ र शव भरतपुर अस्पतालमा राखिएको छ।
चितवन । चितवनमा यात्रुवाहक बस र ईभी माइक्रो बस शनिबार बिहान एक आपसमा ठोक्किँदा ७ जनाको मृत्यु भएको छ ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत चितवनको राप्ती नगरपालिका–४ मा भएको सो दुर्घटनामा थुप्रै घाइते भएको चितवनका प्रमुख जिल्ल अधिकारी प्रकाश पौडेलले जानकारी दिएका हुन् । मृतकहरुको सनाखत भइनसकेको उनको भनाई छ ।
शव भरतपुर अस्पतालको शव गृहमा राखिएको छ । चितवनका प्रहरी प्रमुख गोविन्द पुरीका अनुसार धनगढीबाट काँकडभिट्टातर्फ गइरहेको यात्रुवाहक बस र मकवानपुरबाट नारायणगढ आइरहेको विद्युतीय सवारी साधन ठक्किएको हो ।
घाइतेको चितवन मेडिकल कलेज, पुरानो मेडकल कलेज र भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण