एयर पेस्तोलसहित भारतीय नागरिक पक्राउ
शनिबार, ०७ असार २०८२, १७ : २६
झापा । मेचीनगर नगरपालिका-६ काँकरभिट्टा बसपार्कबाट हतियार सहित एक जना भारतीय नागरिक पक्राउ परेका छन् । भारत वेष्टबंगाल सिलिगुढी घर भएका ३५ वर्षीय जय प्रकाश कुमार पाठकलाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको हो ।
उनको साथबाट प्रहरीले म्यागेजिन सहितको एयर पेस्तोल १ थान, एयर बुलेट ५ राउन्ड र खुकुरी २ थान फेला परेको थियो । इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले डब्लूबी ७० जी ३२३२ नम्बरको कारलाई जाँचको क्रममा कारको सिट मुनी लुकाई छिपाई राखेको उक्त पेस्तोल फेला पारी उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण