प्रथम विदुर मेयर कप अन्तर वडा टी–२० प्रतियोगिताको उपाधि वडा नम्बर–३ ले जित्यो
सारांश
- विदुर मेयर कप टी-२० प्रतियोगिताको उपाधि वडा नम्बर ३ ले जितेको छ। फाइनलमा वडा नम्बर ३ ले वडा नम्बर ४ लाई १०५ रनले पराजित गर्यो।
- वडा नम्बर ३ का ब्याटर मन्जित थपलियाले अविजित ९४ रन बनाए भने सुरज ओझाले ३ विकेट लिए।
- प्रतियोगितामा उत्कृष्ट खेलाडी विकास लामिछाने, उत्कृष्ट बलर हरिहर सुवेदी, र उदयमान खेलाडी सुरज ओझा घोषित भए।
काठमाडौँ । प्रथम विदुर मेयर कप अन्तर वडा टी–२० प्रतियोगिताको उपाधि वडा नम्बर–३ ले जितेको छ। नुवाकोटस्थित पिपलटार क्रिकेट मैदानमा सम्पन्न प्रतियोगिताको फाइनलमा वडा नम्बर–३ ले वडा नम्बर–४ लाई १०५ रनको विशाल अन्तरले पराजित गर्यो।
जितको लागि १८९ रनको लक्ष्य पछ्याएको वडा नम्बर–४ ले १८. ४ ओभरमा ८३ रनमा सबै विकेट गुमायो । वडा नम्बर–४ को ब्याटिङमा किशोर अर्यालले सर्वाधिक २५ रन बनाए भने विकास लामिछानेले १८ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।
वडा नम्बर–३ का बलर सुरज ओझाले सर्वाधिक ३ विकेट लिए जुन क्रममा ४ ओभरमा १ मेडन ओभर गर्दै २१ रन खर्चिए। विधान खतिवडा र निरञ्जन थापाले २–२ विकेट तथा दिनेश सुवेदीले १ विकेट लिए।
यसअघि टस जितेर ब्याटिङ गरेको वडा नम्बर–३ ले २० ओभरमा ८ विकेट क्षतिमा १८८ रन बनाएको थियो। वडा नम्बर–३ का ब्याटर मन्जित थपलियाले अविजित ९४ रनको योगदान दिए । प्लेयर अफ द फाइनल घोषित उनले ५५ बलमा ७ चौका र ६ छक्का प्रहार गरे। राजेश रिजालले ४७ रन बनाए । वडा नम्बर–४ का बलर सञ्जित तिवारी र किशोर अर्यालले २–२ विकेट लिए।
उपाधिसहित विजेता वडा नम्बर– ३ ले ५० हजार रुपैयाँ तथा उपविजेता वडा नम्बर–४ ले २५ हजार रुपैयाँ प्राप्त गर्यो।
प्रतियोगिताको उत्कृष्ट खेलाडी वडा नम्बर– ४ का विकास लामिछानेले घोषित भए, जसले १० हजार रुपैयाँ पाए। उत्कृष्ट बलर वडा नम्बर–७ का हरिहर सुवेदी तथा उत्कृष्ट ब्याटर वडा नम्बर–३ का दिनेश सुवेदी, उदयमान खेलाडीको अवार्ड वडा नम्बर–३ का सुरज ओझाले जिते। तिन विधाका उत्कृष्ट खेलाडीले जनही ५ हजार रुपैयाँ प्राप्त गरे।
यस्तै नेपाली यु–१९ राष्ट्रिय क्रिकेट टिमका खेलाडी रोशन विश्वकर्मालाई नुवाकोट क्रिकेट एसोसिएसनले समापन कार्यक्रममा सम्मानित गरेको छ। विजेता खेलाडीहरूलाई विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठले पुरस्कृत गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आयोजना निर्माणमा प्रक्रियागत झन्झट अन्त्य गर्ने नयाँ रणनीतिः १० वर्षका लागि ‘सनसेट कानुन’ ल्याइँदै
-
बालबालिकाको सुरक्षा सुनिश्चित गर्न राष्ट्रसङ्घको आह्वान
-
रवि फर्किएपछि परराष्ट्रमन्त्री खनाल भारत जाने
-
बागमतीमा वित्तीय बेथिति: टुक्रे योजनामा बजेट छरियो, अर्बौंका मेसिन गोदाममै सड्दै
-
घरायसी विवादमा श्रीमतीको हत्या
-
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
Indian Premier League 2026