कपिलवस्तुमा ट्याक्टर पोखरीमा खस्दा २ जनाको मृत्यु
सोमबार, ०९ असार २०८२, १३ : २३
सारांश
- कपिलवस्तुको बेलहवामा ट्याक्टर पोखरीमा खस्दा २ महिलाको मृत्यु भएको छ।
- रोपाइँका लागि ट्याक्टरमा जाँदै गर्दा दुर्घटना भएको हो, जसमा दुई महिलाको घटनास्थलमै मृत्यु भयो।
- दुर्घटनामा घाइते भएका २ जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। ट्याक्टरमा चालक सहित ६ जना सवार थिए।
कपिलवस्तु । कपिलवस्तु नगरपालिका वडा नम्बर ८ पश्चिम बेलहवामा ट्याक्टर पोखरीमा खस्दा स्थानीय २ महिलाको मृत्यु भएको छ ।
सोमबार बिहान रोपाइँका लागि ट्याक्टरमा बसेर जाँदै गरेका २० वर्षीया दुर्गावती कोरी र ४५ वर्षीया दुर्गावती कोरी दुर्घटनामा परेका थिए । ट्याक्टर पोखरीमा खसेको र उनीहरूको च्यापिएर मृत्यु भएको प्रहरीले जनाएको छ ।
ट्याक्टरमा चालक सहित ६ जना थिए । कपिलवस्तु जिल्ला प्रहरी कार्यालय डिएसपी मोहनमणि अधिकारीले घटनामा २ जना महिलाको मृत्यु भएको रातोपाटीलाई पुष्टि गरे । यस्तै दुर्घटनामा घाइते भएका दुई जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
नयाँ बनेको सडकमा ट्याक्टर चिप्लिएर पोखरीमा खसको स्थानीयको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण