उपप्रमुख सहितका जनप्रतिनिधि अनुपस्थित भएपछि पनौतीको नगरसभा स्थगित
काभ्रे । नेकपा एमालेका जनप्रतिनिधिको बहिस्कारपछि काभ्रेको पनौती नगरपालिकाको नगरसभा स्थगित गरिएको छ । एमालेबाट निर्वाचित नगर सभा सदस्यहरू सोमबार अनुपस्थित भएपछि पनौती नगर सभाको १७ औँ अधिवेशनको बैठक स्थगित भएको हो ।
उपप्रमुख गिता बन्जारा, ७ वडाध्यक्ष र नगर सभा सदस्यहरू अनुपस्थित भएपछि नगर प्रमुख रामशरण भण्डारीले ‘बैठकमा उपस्थित गणपूरक सङ्ख्या नपुगेको’ भन्दै बुधबार ११ बजेसम्मको लागि बैठक स्थगित गरेका थिए ।
बिहान ११ बजे बोलाइएको बैठक ४ बजे सकिने कार्यतालिका थियो, तर ४ बजेपछि स्थगित भएको घोषणा गरिएको थियो । नगर प्रमुख भण्डारीले उपप्रमुखसहितका जनप्रतिनिधि अनुपस्थित भएपछि १७ औँ अधिवेशनको बैठक बस्न नसकिएको बताए ।
उनले कार्यपालिकामार्फत विधि र प्रक्रिया सबै पूरा गरिसकिए पनि अन्तिम समयमा बैठक स्थगित गर्नुपरेको बताए । विपद्पछिको पुनर्निर्माण, खानेपानी लगायतका विषयमा सम्बोधन गरेर बजेट ल्याउन लागेपनि रोकिएको बताए ।
उपप्रमुख गिता बञ्जाराले कार्यपालिकामा भएको सहमति भन्दा विपरीत ४ करोड भन्दा बढी बजेट थप भएर आएकोले बैठकमा सहभागी नभएको बताइन् । नगरपालिका श्रोतका अनुसार नगरपालिकामा रहेको ३६ करोड श्रोत मध्येबाट १२ वटा वडालाई १ करोडका दरले १२ करोड वितरण गर्ने सहमति थियो ।
बाँकी रहेको २४ करोड मध्ये विपद्, पुनर्वास, खानेपानी, बसपार्क लगायतका नगर गौरवका केही योजनामा ५ करोड विनियोजन गरेर बाँकी साढे ९ करोड प्रमुख र उपप्रमुखले विनियोजन गर्ने सहमति भएको थियो ।
तर, पछि नगर गौरवका योजना ‘प्रमुखको कोटाको बजेटबाट हिसाब हुनुपर्ने’ भन्दै उपप्रमुखले विवाद सिर्जना गरेकी थिइन् ।
६२ सदस्यीय नगर सभा नगर प्रमुख, ४ वडाध्यक्षसहित २१ जना नेपाल काङ्ग्रेसबाट, १ वडाध्यक्ष एकीकृत समाजवादीबाट छन् । उपप्रमुखसहित ४० जना एमालेबाट निर्वाचित भएका छन् ।
बहुमत भएको भन्दै एमालेले पनौतीको नगर सभामा प्रत्येक वर्ष ‘बखेडा’ झिक्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण