सोमबार ९ घण्टा ३७ मिनेट चल्यो प्रतिनिधिसभा बैठक
सारांश
- सोमबार प्रतिनिधि सभा बैठक ९ घण्टा ३७ मिनेट चल्यो। मन्त्रीहरूले सांसदका प्रश्नको जवाफ दिए।
- विभिन्न मन्त्रालयका मन्त्रीहरूले विनियोजन विधेयक २०८२ माथि उठेका प्रश्नहरूको जवाफ दिए।
- बैठक भोलि बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ, जहाँ मन्त्रीहरूले थप प्रश्नहरूको जवाफ दिनेछन्।
काठमाडौँ । सोमबारको प्रतिनिधि सभा बैठक ९ घण्टा ३७ मिनेट सञ्चालन भएको छ । आजको बैठकमा सांसदहरूले उठाएका प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले जवाफ दिएका थिए ।
आजको बैठकमा विनियोजन विधेयक, २०८२ अन्तर्गत वन तथा वातावरण मन्त्रालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, रक्षा मन्त्रालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका मन्त्रीले विनियोजन विधेयकमाथिको छलफलमा उठेको प्रश्नको जवाफ दिएका थिए ।
त्यस्तै कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, युवा तथा खेलकुद मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, खानेपानी मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका मन्त्रीले विनियोजन विधेयकमाथिको छलफलमा उठेको प्रश्नको जवाफ दिएका थिए ।
आजको बैठक मंगलबार बिहान ११ बजे बस्ने गरी स्थगित गरिएको छ । त्यस्तै भोलि श्रम, रोजगार तथा सामाजिक सुरक्षा, गृह, सञ्चार तथा सूचना प्रविधि, अर्थ, सहरी विकास मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपतिको कार्यालय एवं उपराष्ट्रपतिको कार्यालयका विभिन्न शीर्षकहरू माथिको छलफलको क्रममा सांसदहरूले उठाएका प्रश्नहरूको सम्बन्धित मन्त्रालयका मन्त्रीहरूले जवाफ दिने कार्यसूची रहेको सङ्घीय संसद् सचिवालयले जानकारी दिएको छ ।
गत जेठ १५ गते ल्याइएको बजेटमा असार १ देखि छलफल हुँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण