दिवा खाजा २० रुपैयाँ पुर्याउनेदेखि, एसईई सञ्चालन गर्न ३४ करोड बजेट विनियोजनसम्म (पूर्णपाठ)
सारांश
- शिक्षा मन्त्रालयले आगामी आर्थिक वर्षको बजेटमार्फत दिवा खाजा रकम बढाउने निर्णय गरेको छ।
- कर्णालीका जिल्लाहरूमा प्रतिविद्यार्थी २५ र अन्य जिल्लामा ५ रुपैयाँ थप गरी दिवा खाजा रकम २० रुपैयाँ पुर्याइनेछ।
- कक्षा १० को एसईई परीक्षा प्रदेश तहबाट सञ्चालन गर्न ३४ करोड विनियोजन गरिएको छ।
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दिवा खाजा रकम बढाउने भएको छ । आगामी आर्थिक वर्ष बजेट मार्फत सरकारले दिवा खाजा रकम बढाएको हो । शिक्षामन्त्री रघुजी पन्तले संसदमा प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८२ मा उठेका प्रश्नको जवाफ दिँदै शिक्षा मन्त्रालय अन्तर्गतको बजेटबारे जानकारी दिएका हुन् ।
विद्यालय दिवा खाजाका लागि साबिक कर्णाली अञ्चलका जिल्लाहरूमा प्रतिदिन २५ र अन्य जिल्लाहरूमा ५ रुपैयाँ प्रतिदिन प्रतिविद्यार्थी थप गरेर २० रुपैयाँ पुर्याइएको बताए । त्यस्तै कक्षा १० को एसईई परीक्षा सञ्चालनको कार्य प्रदेश तहबाट गर्ने गरी ३४ करोड विनियोजन गरिएको उनको भनाइ छ ।
उक्त रकमबाट उत्तरपुस्तिका छपाइ तथा ढुवानी र परीक्षा सञ्चालनको कार्य गरिने बताए । विद्यालय शिक्षा क्षेत्र योजना अन्तर्गत प्रदेश तहका लागि विनियोजन गरिएको ८१ करोड ४० लाखमध्ये भौतिक पूर्वाधारमा ४५ करोड ६ लाख ६२ हजार रहेको छ ।
शिक्षामन्त्रीले दिएको जवाफको पूर्णपाठ :
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरीका १६ कामदार भारतमा बन्धक
-
खिम्ती जलविद्युत् केन्द्रको स्वामित्व हस्तान्तरणका लागि प्राधिकरणद्वारा वार्ता समिति पुनर्गठन
-
विधि विज्ञान प्रयोगशाला विधेयकबारे आगामी बैठकमा विज्ञहरूसँग छलफल गर्ने संसदीय समितिको निर्णय
-
क्यान्सरका बिरामीलाई थप पीडा : किमोथेरापीमा प्रयोग हुने औषधि पाउनै सकस
-
भारतीय विदेशमन्त्री जयशङ्करको निमन्त्रणामा परराष्ट्रमन्त्री खनाल भोलि भारत जाने
-
सन् २०२२ को जादु दोहोर्याउने लक्ष्यमा मोरक्को
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण