मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

बारामा ४३ लाखको राजश्व छलीको सामानसहित ट्रक बरामद

शुक्रबार, १३ असार २०८२, १० : २८
शुक्रबार, १३ असार २०८२

सारांश

  • बारा प्रहरीले सिमरा-वीरगन्ज सडकखण्डमा राजश्व छली गरेको आशंकामा ट्रक नियन्त्रणमा लिएको छ।
  • प्रहरीले ट्रकमा बिलबिजक भन्दा बढी सामान फेला पारेको जनाएको छ, जसमा फाइल, साबेल, र अन्य खुद्रा सामानहरू थिए।
  • नियन्त्रणमा लिइएको सामानको बजार मूल्य करिब ४३ लाख ३४ हजार रहेको र थप अनुसन्धानका लागि राजश्व अनुसन्धान कार्यालयमा बुझाइएको छ।

बारा । जिल्ला प्रहरी कार्यालय बाराको टोलीले सिमरा–वीरगन्ज सडकखण्डमा चेकजाँचका क्रममा करिब ४३ लाख ३४ हजार बराबरको राजश्व छलीको आशङ्कामा सामानसहित एक ट्रक नियन्त्रणमा लिएको छ।

इलाका प्रहरी कार्यालय जीतपुरबाट प्रहरी निरीक्षक जङ कार्कीको कमान्डमा खटिएको टोलीले जीतपुर सिमरा उपमहानगरपालिका–७ स्थित प्रहरी चेकप्वाइन्टमा बिहीबार साँझ मधेस प्रदेश ०३–००२ ख १४४० नम्बरको कन्टेनर ट्रकलाई रोकी जाँच गरेको थियो। वीरगन्जबाट सिमरा तर्फ गइरहेको सो ट्रकमा बिल–बिजकभन्दा बढी मात्रामा माल फेला परेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार ट्रकमा फाइल, साबेल, पितलका भाँडा, बदामका दाना लगायत विभिन्न किसिमका खुद्रा सामान लोड गरिएको थियो। प्रारम्भिक मूल्याङ्कन अनुसार जफत गरिएको सामानको अनुमानित बजार मूल्य ४३ लाख ३४ हजार ८ सय १० रुपैयाँ रहेको बारा प्रहरी प्रमुख एसपी सन्तोष कुमार तामाङले  बताएका छन्।

सामान तथा ट्रक दुवैलाई आवश्यक अनुसन्धान र कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय, पथलैया बारामा बुझाइएको प्रहरी प्रवक्ता डीएसपी विजयराज पण्डितद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप