बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

नुवाकोटमा बेपत्ता महिलाको खोजीमा तालिम प्राप्त कुकुर परिचालन

शुक्रबार, १३ असार २०८२, १३ : ३४
शुक्रबार, १३ असार २०८२

सारांश

  • नुवाकोटमा खोलाले बगाएर बेपत्ता भएकी महिलाको खोजीका लागि सशस्त्र प्रहरीको कुकुर परिचालन गरिएको छ।
  • ककनी गाउँपालिका–१ भसीबुस्थित बिमचना खोलामा आएको बाढीले ३२ वर्षीया कमला बलामी बेपत्ता भएकी थिइन्।
  • खोजी तथा उद्धारका लागि सशस्त्र प्रहरीका ६५ जना सुरक्षाकर्मी खटिएका थिए, जसमा २ वटा कुकुर पनि सामेल थिए।

काठमाडौँ । नुवाकोटमा खोलाले बगाएर बेपत्ता महिलाको खोजी कार्यको लागि सशस्त्र प्रहरीको कुकुर परिचालन गरिएको छ । शुक्रबार बेपत्ता भएकी महिलाको खोजीमा सशस्त्र प्रहरीको प्रधान कार्यालयबाट २ वटा कुकुरसहित ७ जनाको टोली खटाइएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले रातोपाटीलाई बताए ।

ककनी गाउँपालिका–१ भसीबुस्थित बिमचना खोलामा अविरल वर्षाको कारण पानीको बहाव बढ्न गई ३२ वर्षीय कमला बलामी बेपत्ता भएकी थिइन् । उनको खोजीमा सशस्त्र प्रहरी सहायक निरीक्षक राजन सुवेदीको कमान्डमा ७ जना सुरक्षाकर्मीसहित २ वटा सर्च एन्ड रेस्क्यु तालिम प्राप्त कुकुर परिचालन गरिएको हो ।

खोज तथा उद्धारको लागि शुक्रबार बिहानैदेखि सशस्त्रको युएन तालिम शिक्षालय ककनी, नम्बर–१९ गुल्म नुवाकोट र सुरक्षा वेश बञ्चरेडाँडा बाट ६५ जना सुरक्षाकर्मी खटिएका थिए । सो ठाउँमा रहेको ३ वटा गोठ बगाउँदा गोठमा रहेका अशोक बलामी घाइते भएका थिए । उनको उद्धार गरेर उपचारको लागि काठमाडौँ ल्याइएको छ । बाढीले केही चौपाया पनि बगाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप