किसानको प्रगतिविना देशको विकास सम्भव छैन : कृष्ण सिटौला
सारांश
- कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले किसान र श्रमिकको प्रगतिबिना देशको विकास सम्भव नहुने बताए।
- उनले स्थानीय र प्रदेश सरकारले किसानको जीवनस्तर उकास्ने योजना बनाउनुपर्नेमा जोड दिए।
- किसानलाई मल, बीउ र उचित मूल्यको सुनिश्चितताका लागि पहल गर्नुपर्ने उनको भनाइ थियो।
झापा । नेपाली कांग्रेसको राष्ट्रियसभा संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाले किसान र श्रमिकको प्रगति नभएसम्म मुलुकको विकास सम्भव नहुने बताएका छन् ।
नेपाल किसान महासङ्घ झापाले आज हल्दीबारीमा आयोजना गरेको धान महोत्सवमा उनले संविधानले किसानका विषयलाई प्राथमिकता दिएकाले स्थानीय र प्रदेश सरकारले किसानको जीवनस्तर सहज बनाउने किसिमका योजना ल्याउनुपर्नेमा जोड दिए ।
नेता सिटौलाले उनले आगामी आर्थिक वर्षको बजेटमा किसानका मुद्दालाई सम्बोधन गर्न पहल भइरहेको उल्लेख गर्दै राज्यको अनुदान वास्तविक किसानसम्म पुर्याउनुपर्ने बताए । किसानलाई समयमै बीउ, मल र उत्पादनको उचित मूल्य पाउने सुनिश्चितता राज्यले गराउनुपर्ने उनको भनाइ छ ।
नेपाल किसान महासङ्घका जिल्ला अध्यक्ष रतन सुब्बाले मल अभाव, चैते धानको मूल्य नपाएकोलगायत किसानका विद्यमान समस्या समाधानका लागि पहल गरिदिन माग गर्दै नेता सिटौलालाई ज्ञापनपत्र बुझाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लेबनानी राष्ट्रपतिलाई किन भेट्दैछन् ट्रम्प ?
-
‘मालती मंगले’ लिएर अस्ट्रेलियामा रामकृष्ण ढकाल, एडिलेडमा दीप श्रेष्ठसँग गुञ्जिने
-
नामिबियाका जेजे स्मित चम्किँदा नेपाल १५७ रनमा समेटियो
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण