शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

प्रदेशसभा सदस्यले च्याते बजेट किताब, पेट्रोलियम पदार्थमा मूल्यवृद्धि, कार्तिक १७ गते उपनिर्वाचन

मङ्गलबार, १७ असार २०८२, ०० : ००
मङ्गलबार, १७ असार २०८२

काठमाडौँ । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘रात्रिकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ–


१. प्रदेशसभा बैठकमै सांसदद्वारा बजेट किताब च्यातियो

कर्णाली प्रदेश सभामा विपक्षी दल नेकपा (माओवादी केन्द्र) का सांसद रणसिंह परियारले सरकारले प्रस्तुत गरेको बजेट किताब च्यातेका छन् । 

‎सोमबार बसेको प्रदेश सभा बैठकमा सामाजिक र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको बजेटमाथिको छलफलका क्रममा बोल्दै उनले बजेट विभेदकारी र गरिब जनताको हित विपरीत भएको भन्दै रातो किताब च्यातेर विरोध जनाएका हुन् ।

२. पेट्रोलियम पदार्थमा उच्च मूल्यवृद्धि

ट्रोलियम पदार्थमा उच्च मूल्यवृद्धि भएको छ । नेपाल आयल निगमले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै यसबारेमा जानकारी दिएको हो । मंगलबारबाट लागू हुने गरी पेट्रोलमा ५ रुपैयाँ र डिजेल तथा मट्टितेलमा ४ रुपैयाँ मूल्य बढाइएको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

३. चिकित्सक आन्दोलन

नेपाल चिकित्सक संघले चिकित्सकीय लापरवाही सम्बन्धी उपभोक्ता अदालतको पछिल्ला फैसलाहरू नेपाल मेडिकल काउन्सिलको अधिकार क्षेत्रसँग बाझिएको भन्दै विरोध जनाउन दबाबमूलक कार्यक्रम घोषणा गरेको छ।

धनगढी उपमहानगरपालिकाका विभिन्न वडाका टोलहरू डुबानमा परेका छन् । जल तथा मौसम विज्ञान विभागको तथ्याङ्क अनुसार धनगढी विमानस्थलको स्टेसनमा पछिल्लो २४ घण्टामा २०२.२ मिलिमिटर वर्षा मापन भएको छ ।

५. प्रहरी विधेयकमाथि सोमबार के–कस्तो भयो छलफल ? 

राज्य व्यवस्था तथा सुशासन समितिमा सोमबार प्रहरी विधेयकमाथि छलफल भएको छ । छलफलमा सांसदहरूले विभिन्न सुझाव राखेका छन् ।

६. रुपन्देही–३ मा कार्तिक १७ गते उपनिर्वाचन

निर्वाचन आयोगले प्रतिनिधि सभा अन्तर्गत रुपन्देही क्षेत्र नम्बर ३ मा कार्तिक १७ गते उपनिर्वाचन हुने गरी मिति तोकेको छ । ०७९ को निर्वाचनमा सो क्षेत्रबाट निर्वाचित प्रतिनिधि सभा सदस्य दीपक बोहराको निधनपछि रिक्त सिटमा उपनिर्वाचन हुन लागेको हो । 

७. शिक्षा विधेयकका लागि मन्त्रीले मागे थप समय

विद्यालय शिक्षा विधेयकका विषयमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले थप समय माग गरेका छन् । विद्यालय शिक्षा विधेयक पारित गर्न उनले थप समय माग गरेका हुन् ।

८. बालेनकै पक्षमा उभिए वडा अध्यक्ष मानन्धर

काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाह र कांग्रेस–एमालेका जनप्रतिनिधिबिच केही समयदेखि शक्ति सङ्घर्षको अवस्था देखिएको छ । यसबिच बालेनका आलोचक बनेका काठमाडौँ–१७ का वडा अध्यक्ष नवीन मानन्धर पछिल्लो समय बालेनकै पक्षमा उभिन पुगेका छन् । 

९. नागार्जुनका निलम्बित मेयरलाई ८ वर्ष कैद सजाय

सम्पत्ति शुद्धीकरणको मुद्दामा नागार्जुन नगरपालिकाका निलम्बित मेयर मोहनबहादुर बस्नेतलाई ८ वर्ष तीन महिना कैद सजाय तोकिएको छ । सोमबार विशेष अदालतका न्यायाधीश टेकनारायण कुँवर र रामबहादुर थापाको इजलासले बस्नेतलाई दोषी ठहर गर्दै कैद सजायको फैसला गरेको हो ।

१०. बजेटमा गडबडी गरेका गण्डकीका अर्थसचिव कारबाहीमा

बजेटमा गडबडी गरेको भन्दै आलोचित बनेका गण्डकीका अर्थसचिव राजेन्द्रदेव पाण्डेलाई प्रदेश मन्त्रिपरिषद बैठकले अर्थ मन्त्रालयको जिम्मेवारीबाट हटाएको छ । उनलाई मुख्यमन्त्री तथा प्रदेश मन्त्रिपरिषद कार्यालय मातहत जगेडामा राखिएको हो । 

११. बागमतीमा बजेट नसच्याए ‘मार्ग प्रशस्त गर्न’ सरकारलाई विपक्षीको सुझाव

बागमती प्रदेश सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८२/०८३ को बजेटमाथि छलफल बारम्बार स्थगित भएको र बजेट निर्माणमै गम्भीर नीतिगत त्रुटि भएको भन्दै प्रदेश सभामा प्रतिनिधित्व गर्ने तीन प्रतिपक्षी दलले आपत्ति जनाएका छन् । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय प्रजातन्त्र पार्टीले सोमबार संयुक्त वक्तव्य जारी गर्दै बजेट नसच्याए सरकारले नैतिकताको आधारमा मार्ग प्रशस्त गर्नुपर्ने चेतावनी दिएका छन् । 

१२. अर्यालविरुद्ध उजुरी

सामाजिक अभियन्ता युवराज पौडेल (सफल)ले प्रतिनिधिसभा सदस्य डिपी अर्यालविरुद्ध भिजिट भिसा दुरुपयोग र मानव तस्करी विषयमा छानबिनको माग गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा उजुरी दर्ता गरेका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप