तिम्ल्याहाले घरमै पाए नागरिकता
सारांश
- विर्तामोड नगरपालिकाले बहुअपाङ्गता भएका तिम्ल्याहा दिदीबहिनीलाई घरमै नागरिकता र अपाङ्गता प्रमाणपत्र प्रदान गर्यो।
- १७ वर्षीया आकृति, इक्सा र इन्तुसा लिम्बुले घरमै सेवा पाए, जसमध्ये इन्तुसा ओछ्यानबाट उठ्न सक्दिनन्।
- उनीहरूले रातो कार्ड पाएपछि सरकारबाट अपाङ्गता भत्ता र उपचार सहयोग पाउनेछन्।
झापा । विर्तामोड नगरपालिका–५ मा बहुअपाङ्गता भएका तिम्ल्याहा दिदीबहिनीले घरमै नागरिकता र अपाङ्गताको प्रमाणपत्र प्राप्त गरेका छन् । नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद सङ्ग्रौलाले उनीहरुलाई घरमै पुगेर अपाङ्गतासम्बन्धी ‘क’ वर्गको रातो कार्ड प्रदान गरिएको बताए ।
तिम्ल्याहा दिदीबहिनी १७ वर्षीया आकृति लिम्बु, इक्सा लिम्बु र इन्तुसा लिम्बुले घरमै उक्त सेवा पाएका हुन्। उनीहरुमध्ये इन्तुसा ओछ्यानबाट आफैँ उठ्नसमेत नसक्ने अवस्थामा रहेकी छन् ।
आमा मनकुमारी शेर्माले आफ्ना चार छोरी रहेका र उनीहरुको आफैँले स्याहार सुसार गरिरहेको बताइन्। “एकै पटक तीन सन्तान जन्मिदा खुशीको सीमा थिएन,” उनले भनिन्, “तर के गनु, दुई छोरी उठ्न बस्न सक्छन्, एउटी सधैँभरी ओछ्यानमै हुन्छिन् ।”
रातो कार्ड कार्ड प्राप्त गरेसँगै उनीहरुले सरकारले प्रदान गर्दै आएको ‘क’ वर्गको अपाङ्गता भत्तासमेत पाउने नगरउपप्रमुख सङ्ग्रौलाले बताए । उनले तीनैजनाको उपचारसमेतमा सहयोग गर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चीनबाट नेपालले लिनुपर्ने लाभ
-
एमालेसँगको सहकार्य अघि बढिसकेको प्रचण्डको खुलासा
-
बालेन शाहको घोषणाको प्रभु साहद्वारा स्वागत
-
जनकपुर घटनापछि हर्क साम्पाङको प्रतिक्रिया : ‘अपमान होइन, यसले मेरो राजनीतिक उचाइ बढाएको महसुस भयो’
-
एनसेलको स्वामित्व कानुनबमोजिम हस्तान्तरण गर्न दूरसञ्चार प्राधिकरणलाई सर्वोच्चको निर्देशनात्मक आदेश
-
मेची राजमार्गको इलाम खण्ड तत्काल स्तरोन्नति गर्न माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण