१२ बजे १२ समाचार: राजस्व लक्ष्य भेट्टाउन सरकारलाई सकस, कर्णालीमा बजेट सम्बन्धी सूचना चुहावट
सारांश
- आर्थिक वर्षको अन्त्यमा राजस्व लक्ष्य घटाइयो, जसले सरकारलाई चुनौती थपेको छ।
- कर्णाली प्रदेशमा बजेट चुहावटको विषयमा अर्थमन्त्रीले कमजोरी स्वीकारेका छन्।
- पोखरामा स्मार्ट हवाई इन्धन डिपो सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको छ, जसले साउन दोस्रो हप्तादेखि सेवा दिनेछ।
आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘रात्रिकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ–
१. राजस्व लक्ष्य
चालु आर्थिक वर्षमा सरकारले कुल १४ खर्ब १९ अर्ब ३० करोड रुपैयाँ बराबरको राजस्व उठाउने लक्ष्य लिएको थियो । आर्थिक वर्ष सकिन डेढ महिना बाँकी हुँदा भने सरकारले नयाँ आवको बजेटमा उक्त लक्ष्यलाई संशोधन गरेर १२ खर्ब ६७ अर्ब ३९ करोड रुपैयाँमा झार्यो । जुन सुरु अनुमानको ८९.३० प्रतिशत बराबर हो ।
२. बजेट सम्बन्धी सूचना चुहावट
आगामी आर्थिक वर्ष (०८२/०८३) को बजेट प्रस्तुत हुनुअघि नै चुहावट भएको विषयलाई अन्ततः कर्णाली प्रदेश सरकारले कमजोरी भएको स्वीकार गरेको छ । बजेट चुहावटको दोष प्रदेश सभा सचिवालयलाई लगाएका अर्थमन्त्री राजीवविक्रम शाहले अन्ततः बजेटका दस्तावेज पठाउँदा व्यवस्थापकीय कमजोरी भएको स्वीकार गरेका हुन् ।
३. पोखराको स्मार्ट हवाई इन्धन डिपो
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई इन्धन भण्डारणका लागि निर्माण गरिएको अत्याधुनिक डिपो सञ्चालनको अन्तिम चरणमा पुगेको छ । नेपाल आयल निगमले करिब ७७ करोड रुपैयाँको लागतमा निर्माण सम्पन्न गरेको यो डिपो आगामी साउन दोस्रो सातादेखि सञ्चालनमा ल्याउने तयारी गरेको छ ।
४. प्राकृतिक ग्यास
पश्चिम नेपालमा प्राकृतिक ग्यासको भण्डारण भेटिएपछि यतिवेला सरकार यसको परीक्षण उत्पादनको तयारीमा जुटेको छ । चिनियाँ प्राविधिक टोलीको सहयोगमा दैलेखको भैरवी गाउँपालिका–१ जलजले क्षेत्रमा गरिएको ड्रिलिङबाट एउटा कुवामा मात्रै १ खर्ब १२ अर्ब घनमिटर बराबरको प्राकृतिक ग्यास रहेको पत्ता लागेको हो ।
५. कुलिङमा किर्ते
जनप्रतिनिधिको सर्वोच्च थलो संसदबाट पारित निजामती कर्मचारी विधेयकमा ‘किर्ते’ गरिएको विषयले मंगलबार दिनभर चर्चा पायो । सांसदहरूले नै थाहा नपाउने गरी विधेयकमा ‘बाहेक’ शब्द घुसाएको भन्दै यसबारे के सत्तापक्ष के प्रतिपक्ष ? सबै सांसदहरू नै अचम्मित भए ।
६. भद्रगोल महानगर
काठमाडौँ महानगरपालिकामा जनप्रतिनिधि र कर्मचारीबिचको समन्वय अभाव तथा व्यक्तिगत ‘इगो’का कारण समग्र कामकारबाही अस्तव्यस्त बनेको छ । विशेषगरी, नगर प्रमुख बालेन्द्र शाह (बालेन) र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंबिच ६ महिनादेखि जारी टकरावले महानगरलाई बन्धक बनाएको हो ।
७. विद्याको कम्ब्याक
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी १० वर्षपछि पार्टीको सक्रिय राजनीतिमा फर्किएको घोषणाले नेकपा एमाले वृत्तमा ठुलै हलचल ल्याएको छ । एमालेका तत्कालीन महासचिव मदन भण्डारीको ७४ औँ जन्मजयन्तीको अवसरमा शनिबार पूर्वराष्ट्रपति भण्डारीले पुनः पार्टी राजनीतिमा फर्किएको घोषणा गरेकी थिइन् ।
८. शानदार जित
रौनक श्रीवास्तव एक्लैले १ सय ६८ रन बनाउँदा र विपिनले चार विकेट लिँदा नेपालले एसीसी पुरुष यू–१६ इस्ट जोन कप क्रिकेटमा भुटानमाथि २ सय ९८ रनको सहज जित निकालेको छ । सोलानगोर मलेसियामा नेपालले दिएको ३ सय ५९ रनको विशाल लक्ष्य पछ्याएको भुटानले ३२ ओभर २ बलमा समपूर्ण विकेट गुमाउँदै मात्र ६० रन बनायो ।
९. न्यायालय
अग्नि सापकोटालाई सभामुखमा रोक्न माग गर्दै २०७६ माघ १० गते सर्वोच्च अदालतमा दायर मुद्दा अझै किनारा लागेको छैन । २०७६ माघ १२ गते पहिलो पटक पेसी तोकिएकोमा हेर्न नमिल्ने भएको उक्त मुद्दामा सोही वर्षको माघ १४ गते कारण देखाऊ आदेश जारी भएको थियो ।
काठमाडौँ महानगरपालिकाअन्तर्गत नगर प्रहरीविरुद्ध उच्च अदालत पाटनमा रिट निवेदन दायर भएको छ ।
गत जेठ १५ देखि यही असार १६ गतेसम्म ६७४ वटा मनसुनजन्य विपद्का घटना भएका छन् । ती घटनामा ३१ जनाको मृत्यु भएको छ भने ११२ जना घाइते भएका छन् ।
११. कोरियामा सीपयुक्त श्रमिक पठाउने कार्यविधि कार्यान्वयनमा नआउँदै २ पटक संशोधन
दक्षिण कोरियामा सीपयुक्त श्रमिक (ई–७ भिसा) पठाउने सम्बन्धी कार्यविधि कार्यान्वयनमा नआउँदै २ पटक संशोधन भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ‘गणतन्त्र कोरियामा सीपयुक्त श्रमिक पठाउने सम्बन्धी कार्यविधि, २०८०’ कार्यान्वयनमा आउन नपाउँदै २ पटक संशोधन गरेको हो ।
१२. ७६ हजार ४२५ पर्यटक नेपाल आए
सन् २०२५ को जुन महिनामा ७६ हजार ४२५ पर्यटक नेपाल आएका छन् । नेपाल पर्यटन बोर्डले मंगलबार यसबारेमा जानकारी दिएको हो ।
सन् २०२५ को पहिलो ६ महिनामा ५ लाख ७७ हजार ६८९ विदेशी पर्यटक नेपाल आएका छन् । जुन महिनामा नेपाल आउने पर्यटकमध्ये सबैभन्दा ठूलो सङ्ख्या भारतबाट आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण