कुलिङ पिरियडमा जालसाजी : विधेयक सच्याउन र छानबिन गर्न सांसदहरूको जोड
सारांश
- निजामती विधेयकमा कुलिङ पिरियडबारे हेरफेरबारे राज्य व्यवस्था समितिको बैठकमा छलफल भयो।
- सांसदहरूले छानबिन समिति गठनको माग गर्दै सभापति र सचिवको राजीनामा समेत मागेका छन्।
- विधेयकमा जालझेल भएको र यसले जनतामा अविश्वासको वातावरण सिर्जना गरेको सांसदहरूको भनाइ छ।
काठमाडौँ । निजामती विधेयकमा कुलिङ पिरियडबारे भएको हेरफेरको विषयमा राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा छलफल भइरहेको छ । बुधबार समितिको बैठकमा भएको छलफलमा सहभागी सांसदहरूले केहीले छानबिन समिति मागेका छन् भने केहीले समिति सभापति र सचिवको राजीनामा मागेका छन् ।
एमाले सांसद पदम गिरीले समिति सभापति रामहरि खतिवडा र समितिका सचिवको राजीनामा मागेका हुन् । त्यस्तै कांग्रेस सांसद प्रकाश अधिकारीले विधेयकको दफामा हेरफेर गर्नु जघन्य अपराध भएको बताए ।
‘जघन्य अपराध भएको छ । यसले आशङ्का जन्माएको छ, दोष लागेको छ, जनतामा अविश्वासको वातावरण बनेको छ यो जनताप्रतिको जिम्मेवारी होइन यसमा सबैले मनन गरौँ, सबैले बुझौँ’, उनले भने, ‘म सबैलाई आग्रह र विनम्रताका साथ भन्छु यस्ता क्रियाकलाप आगामी दिनमा हुनुहुँदैन यसमा भएको कमजोरी सच्याउन भूमिका खेलौँ । सार्वभौम संसद्को गरिमामा आँच नआओस् । छानबिन समिति बनाऔँ ।’
नेकपा एकीकृत समाजवादीका सांसद राजेन्द्र पाण्डेले विधेयकमा जालझेल भएको बताए ।
‘गल्ती अपराध, त्रुटि जे जे भए पनि तीन निकायले गरेको हो । जिम्मा सभापतिको नाताले तपाईँले पनि बोक्नुपर्छ यसको छानबिन हुनुपर्छ’, पाण्डेले सभापति रामहरि खतिवडालाई देखाउँदै भने, ‘अब यो सच्चाउने काम राष्ट्रिय सभाले मात्रै गर्न सक्छ ।’ साथै पाण्डेले सभापति र सचिवलाई हटाएर ऐनको मक्सद पुरा नहुने र ऐन राम्रो नबन्ने बताए । उनले निजामती विधेयकमा कमजोरी र अपराध भएको भन्दै आफूहरूको मनभित्र मुख्य सचिव र सचिवहरू कुलिङ पिरियड हटाउन लागिपरेको कुरा लागेको भन्दै त्यो पनि हट्न जरुरी भएको बताए ।
माओवादी केन्द्रका सांसद हितराज पाण्डेले सामान्य प्रशासन मन्त्री र गृहमन्त्री समेत सहभागी नभएको बैठक अधुरो हुने बताए । ‘दोस्रो कुरा म नेपाली जनतासँग क्षमा माग्छु । हामीले विधेयकमा जे व्यवस्था गरेका थियौ त्यो पारित गर्न सकेनौँ’, उनले विधेयकमा छेडखानी मात्र नभएर षडयन्त्र भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतका राहुल र प्रियंका गान्धीले गरे मोदी निवासबाहिर प्रदर्शन
-
काठमाडौँको आकाशमा मनसुनी बादलको लुकामारी
-
के भयो सलमान खानलाई ?
-
बिजुलीको भ्याट पनि सच्याउन कांग्रेस सभापति गगन थापाको माग
-
पूर्वअर्थमन्त्री महतविरुद्धको भ्रष्टाचार मुद्दा मुलतबीमा राख्न अस्वीकार
-
३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण