‘मिडनाइट जजमेन्ट’: १८ गते बित्यो आएन संवैधानिक नियुक्ति विरुद्धको फैसला
सारांश
- सर्वोच्च अदालतले ५२ संवैधानिक पदाधिकारी नियुक्तिविरुद्धका रिटमाथि बुधबार फैसला सुनाउने मिति तोकेको थियो।
- बुधबार फैसला आउने भनिएता पनि १८ गते बितिसक्दा पनि फैसला आउन सकेको छैन।
- न्यायाधीशहरूबीच रायबाझी भएका कारण फैसला आउन ढिलाइ भएको आशङ्का गरिएको छ।
काठमाडौँ । सर्वोच्च अदालतले ५२ संवैधानिक पदाधिकारी नियुक्तिविरुद्धका १५ थान रिटमाथि बुधबार फैसला सुनाउने मिति तोकेकोमा १८ गते बित्दा पनि फैसला आउन सकेको छैन ।
कानुन व्यवसायी र सञ्चारकर्मीलाई इजलासमा फैसला सुन्न बोलाइएको १ घण्टा ४५ मिनेट बित्दा पनि फैसला नआएको हो ।
प्रधानन्यायाधीशसहित न्यायाधीशहरू संवैधानिक इजलासमा बिहान ११ बजेदेखि नै छलफलमा जुटेकोमा १३ घण्टा बित्दा पनि फैसला नआएको हो ।
फैसला सुनाउन ढिलाइ भएपछि न्यायाधीशहरूबिच रायबाझिएको आशङ्का गरिएको छ ।
२०७७ माघ र २०७८ असार गरी दुई चरणमा गरिएका संवैधानिक नियुक्तिविरुद्ध दायर १५ वटा रिटमाथिको सुनुवाइ गत जेठ १ गते नै सकिएको थियो ।
सुनुवाइ सकिएपछि गत जेठ २८ गते निर्णय सुनाउने मिति तय भएको थियो । त्यसदिन अन्य मुद्दाहरू हेर्न नभ्याइनेमा राखेर न्यायाधीशहरुले छलफलमा जुटेकोमा अन्तिम समयमा निर्णय सुनाउने मिति सारिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण