रामकुमारीलाई पार्टीले स्पष्टीकरण सोधेको छ : जगन्नाथ खतिवडा
सारांश
- नेकपा (एकीकृत समाजवादी) ले स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीलाई स्पष्टीकरण सोधेको छ।
- पार्टी उपाध्यक्षका अनुसार झाँक्रीको अभिव्यक्तिबारे अनुशासन आयोगले स्पष्टीकरण सोधेको हो।
- सचिवालय बैठकमा माधव नेपालमाथिको मुद्दा र पार्टीका आन्तरिक विषयमा छलफल भयो।
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ले स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीलाई स्पष्टीकरण सोधेको जनाएको छ । पार्टी कार्यालय आलोकनगरमा बिहीबार बसेको केन्द्रीय सचिवालय बैठकपछि पार्टीका उपाध्यक्ष जगन्नाथ खतिवडाले पार्टीको अनुशासन आयोगले झाँक्रीलाई स्पष्टीकरण सोधेको जानकारी दिए ।
यसअघि बिहीबार नै पार्टी कार्यालयमा पुगेर झाँक्रीले आफूलाई स्पष्टीकरण सोधेको विषय निराधार भएको बताएकी थिइन् । उपाध्यक्ष खतिवडाले झाँक्रीको अभिव्यक्तिका विषयमा अनुशासन आयोगले निश्चित समय तोकेर स्पष्टीकरण सोधेकाले समयभित्रै स्पष्टीकरण आउने विश्वास रहेको बताइन् ।
सचिवालय बैठकमा पतञ्जली प्रकरणमा माधव नेपालमाथिको मुद्दा, पछिल्लो राजनीतिक अवस्थाका साथै पार्टीका आन्तरिक विषयमा छलफल भएको खतिवडाको भनाइ छ । बिहीबार बसेको बैठकमा उपाध्यक्ष धर्मनाथ साह, उपमहासचिव मेटमणि चौधरी, राजेन्द्र राईले धारणा राखेका थिए ।
पार्टीका केही नेताहरू अस्वस्थ रहेकाले बैठक केहि समय बसेर स्थगित गरिएको खतिवडाको भनाइ छ । सचिवालय बैठक असार २२ गते पुनः बस्ने गरी स्थगित भएको छ ।
यसैबिच झाँक्रीले पार्टीमा स्पष्टीकरण सोध्ने महासचिवले भए पनि अनुशासन आयोगले सोधेकाले त्यसलाई स्पष्टीकरणका रूपमा नलिने आफू निकटस्थहरूसँग बताएकी छन् । यसबारे उपाध्यक्ष खतिवडाले अनुशासन आयोगले पार्टीका जो कसैलाई स्पष्टीकरण सोध्न सक्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सशस्त्रको हेडक्वार्टरमा आगलागी भएको घटना छानबिन गर्न डीआईजीको नेतृत्वमा समिति गठन
-
चेक अनादर मुद्दामा सर्वोच्चको फैसला : बाउन्स भएको चेकको रकम र ब्याज दुवै भराउनुपर्ने
-
विदेशबाट फर्किपछि माछापालनः मनग्य आम्दानी गर्दै विजयकुमार
-
गर्मी बढ्दै जाँदा ‘लू’ को उच्च जोखिम : के हुन् लक्षण र कसरी बच्ने?
-
तिला गाउँपालिमा भौतिक पूर्वाधार निर्माणमा प्रगति
-
साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम हो : सञ्चारमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण