चोभारको गल्छी चौडा गर्ने विवादमा बोल्यो मन्त्रालय
सारांश
- शहरी विकास मन्त्रालयले चोभार गल्छी चौडा गर्ने कुनै योजना नरहेको स्पष्ट पारेको छ।
- चोभार गल्छी वरपरको क्षेत्रमा हुने डुबान कम गर्न फोहोर हटाउने र पहिरो रोकथाम गर्ने योजना छ।
- स्थानीय विरोधपछि मन्त्रालयले गल्छीको धार्मिक, सांस्कृतिक पहिचान जोगाउने प्रतिबद्धता जनाएको छ।
काठमाडौं । चोभार गल्छी चौडा गर्ने भनिएको विषयलाई लिएर विवाद भएपछि शहरी विकास मन्त्रालयले गल्छी चौडा गर्ने कुनै उद्देश्य नरहेको दाबी गरेको छ ।
मन्त्रालयले आज जारी गरेको विज्ञप्तिमा भनिएको छ,'चोभार गल्छी वरपरको क्षेत्रमा हुने डुबान न्यूनीकरणका लागि विगतमा बगाएर ल्याइएको फोहोर हटाउने, पहिरो जान सक्ने क्षेत्रहरूको पहिचान गरी रोकथाम गर्ने तथा दीर्घकालीन समाधानका लागि आवश्यक प्राविधिक अध्ययन र कार्ययोजना बनाउने मात्रै उद्देश्य रहेको हो ।'
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण कार्यकारी समितिको ३२ औं बैठकले नेपाली सेनासँग समन्वय गरेर चोभार गल्छी क्षेत्रको डुबान समस्या समाधान गर्न निर्देशन दिएको थियो। त्यसका आधारमा मन्त्रालयले कार्य अघि बढाउने तयारी गरिरहे पनि चट्टान हटाएर गल्छी नै चौडा गरिने भन्ने जस्ता विषय आएपछि मन्त्रालयले स्पष्टीकरण जारी गरेको हो ।
विज्ञप्तिमा भनिएको छ,'काठमाडौं उपत्यकाको पानीको मुख्य निकास विन्दु चोभारको गल्छी हो। त्यसको धार्मिक, सांस्कृतिक र प्राचीन पहिचानलाई अक्षुण्ण राख्दै मात्र सम्भावित डुबान न्यूनीकरण गरिनेछ। गल्छी चौडा गर्ने वा परापूर्वकालदेखि रहेका चट्टानहरू हटाउने कुनै योजना छैन।'
मन्त्रालयका अनुसार बाढी, पहिरोजस्ता प्राकृतिक विपद्बाट जनधनको क्षति हुन नदिन र नदी किनारमा विस्तार भएका बस्तीहरूको संरक्षण गर्न सबै पक्षको साझा जिम्मेवारी रहेको छ। चोभारको गल्छी चौडा गर्ने सार्वजनिक भएपछि स्थानीयले विरोध गर्दै आएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तनहुँमा बस दुर्घटना हुँदा चालकसहित १५ जना घाइते
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको पहिचान खुल्यो
-
लुम्बिनीमा नयाँ सरकार गठनमा निर्णायक मानिएको नेकपाले भन्यो– झन्डा हल्लाउनमात्र सरकारमा जाँदैनौँ
-
देउवा समूहको कार्यक्रममा डा. शेखर कोइराला जाने
-
बारामा कांग्रेसका दुई समूहबिच झडप, केही कार्यकर्ता घाइते
-
बारामा कांग्रेसका दुई समूहबिच झडप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण