बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
फिफा कल्ब विश्वकप

क्लब विश्वकप: डर्टमुण्डलाई हराउँदै रियल मड्रिड सेमिफाइनलमा, अब पिएसजीसँग भिड्ने

आइतबार, २२ असार २०८२, ०४ : ०५
आइतबार, २२ असार २०८२

सारांश

  • रियल मड्रिडले बोरुसिया डर्टमुण्डलाई ३-२ ले पराजित गर्दै विश्वकप २०२५ को सेमिफाइनलमा स्थान पक्का गर्यो।
  • रियलका लागि गोन्जालो गार्सिया, फ्रान गार्सिया र किलियन एम्बाप्पेले गोल गरे भने डर्टमुण्डका लागि म्याक्सिमिलियन बायर र सेरहाउ गुइरासीले गोल गरे।
  • सेमिफाइनलमा रियल मड्रिडले पेरिस सेन्ट जर्मेन (पिएसजी) सँग प्रतिस्पर्धा गर्नेछ, जुन खेल जुलाई ९ मा हुनेछ।

काठमाडौँ । रियल मड्रिड क्लब विश्वकप २०२५ को सेमिफाइनलमा प्रवेश गरेको छ। रोमाञ्चक भिडन्तमा जर्मन क्लब बोरुसिया डर्टमुण्डलाई ३–२ ले पराजित गर्दै रियलले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो।

रियलले खेलमा राम्रो सुरुआत गर्दै गोंजालो गार्सिया र फ्रान गार्सियाका गोलमार्फत २–० को अग्रता लिएको थियो।

इन्जुरी समयको दोस्रो मिनेटमा म्याक्सिमिलियन बायरले डर्टमुण्डका लागि गोल फर्काए। तर तुरुन्तै किलियन एम्बाप्पेले उत्कृष्ट भलिबाट रियलको तेस्रो गोल गर्दै अग्रता फराकिलो बनाए।

खेल थप रोमाञ्चक बन्दा डीन ह्युइसेनले पेनाल्टी फाउल गरेपछि रातो कार्ड खाँदै मैदान छाडे। त्यसपछिको पेनाल्टीमा सेरहाउ गुइरासीले गोल गर्दै खेललाई ३–२ बनाए।

अब रियल मड्रिड सेमिफाइनलमा जुलाई ९ मा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) सँग भिड्नेछ। अर्को सेमिफाइनल जुलाई ८ मा ब्राजिलको फ्लुमिनेन्से र इंग्ल्याण्डको चेल्सीबीच हुनेछ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप