सरकारी गाडी प्रयोगकर्ताको विवरण पठाउन प्रधानमन्त्री कार्यालयको पत्राचार
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सरकारी गाडी प्रयोग गर्नेहरूको विवरण पठाउन पत्राचार गरेको छ । सबै मन्त्रालय विभाग, कार्यालय, सचिवालय, बोर्ड र परिषद् लगायतका निकायमा दर्ता भएका सवारीसाधनको विवरण प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले माग गरेको हो ।
सचिव गोविन्द बहादुर कार्कीले हस्ताक्षर गरेको पत्रमा ७ दिनभित्र विवरण उपलब्ध गराउन निर्देशन दिइएको छ । सर्कुलरमा कुन सवारी कसले प्रयोग गरेको छ भन्नेबारे विस्तृत विवरण खुलाउन भनिएको छ ।
सरकारी गाडीको दुरुपयोग बढेको र अनधिकृत प्रयोग हुन थालेपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता सहसचिव प्रेमप्रसाद आचार्यले सरकारी सवारी साधनको विवरण उपलब्ध गराउन सबै मन्त्रालयलाई पत्राचार गरेको जानकारी दिए ।
‘सबै मन्त्रालय अन्तर्गतका विभाग, कार्यालय सचिवालय, संस्थान समिति,बोर्ड परिषद् लगायतका निकायका नाममा दर्ता भएका सबै यातायातका साधन र प्रयोग गर्ने पदाधिकारी तथा कर्मचारीको नामनामेसीसहितको विवरण सात दिन भित्र पठाउन सचिव गोविन्दबहादुर कार्कीले लिखित पत्राचार गर्नुभएको छ,’ प्रवक्ता आचार्यले रातोपाटीसँग भने ।
केही दिन अघि सिंहदरबारभित्रैबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको गाडी हराएके थियो । मन्त्रालयले महिन्द्रा स्कार्पियो एस फोर–प्रदेश ३–०१–००२ झ ५३६७ नम्बरको गाडी खोज्न गृह मन्त्रालयलाई पत्राचार नै गरेको थियो ।
गृह मन्त्रालयलाई पत्राचार गरेको एक दिनमा नै गाडी भेटिए पनि के कसरी हराएको हो र कहाँ भेटियो भन्ने जानकारी मन्त्रालयका अधिकारीहरूले बताउन चाहन्नन् ।
केहीले भने श्रममन्त्री शरतसिंह भण्डारीले उनको पार्टी लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई दिएको बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतका राहुल र प्रियंका गान्धीले गरे मोदी निवासबाहिर प्रदर्शन
-
काठमाडौँको आकाशमा मनसुनी बादलको लुकामारी
-
के भयो सलमान खानलाई ?
-
बिजुलीको भ्याट पनि सच्याउन कांग्रेस सभापति गगन थापाको माग
-
पूर्वअर्थमन्त्री महतविरुद्धको भ्रष्टाचार मुद्दा मुलतबीमा राख्न अस्वीकार
-
३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण