शिक्षा ऐन जारी र मेरिटमा उपकुलपति नियुक्तिको माग गर्दै नेविसंघद्वारा हस्ताक्षर अभियान सुरु
सारांश
- नेविसंघ त्रिवि समितिले शिक्षा ऐन कार्यान्वयन र उपकुलपति नियुक्ति मेरिटबेस बनाउन हस्ताक्षर अभियान थालेको छ।
- राजनीतिक भागबन्डाका कारण त्रिविको शैक्षिक वातावरण बिग्रिएको भन्दै नेविसंघले विरोध जनाएको छ।
- विद्यार्थी, प्राध्यापक र कर्मचारीहरूले त्रिवि केन्द्रीय क्याम्पसमा ऐक्यबद्धता जनाउँदै हस्ताक्षर गरेका छन्।
काठमाडौँ । नेपाल विद्यार्थी सङ्घ (नेविसंघ) त्रिभुवन विश्वविद्यालय समितिले शिक्षा ऐनको तत्काल कार्यान्वयन र विश्वविद्यालयमा योग्यता प्रणाली (मेरिटबेस) मा आधारित उपकुलपति नियुक्तिको माग गर्दै दबाबमूलक हस्ताक्षर अभियान सुरु गरेको छ।
लामो समयदेखि राजनीतिक भागबन्डाका आधारमा हुने नियुक्तिले त्रिभुवन विश्वविद्यालयको शैक्षिक तथा प्राज्ञिक वातावरण खस्किएको भन्दै यसको अन्त्यका लागि दबाब दिन अभियान थालिएको नेविसंघ त्रिवि सभापति विष्णु बडैलाले बताए ।
‘लामो समयदेखि प्रतीक्षित शिक्षा ऐन अझैसम्म लागू हुन सकेको छैन, जसले समग्र शैक्षिक क्षेत्रलाई नै अलमलमा पारेको छ। अर्कोतर्फ, विश्वविद्यालय जस्तो प्राज्ञिक थलोमा दलीय भागबन्डाका आधारमा उपकुलपति नियुक्त गर्ने गलत परम्पराले यसको गरिमामाथि नै प्रहार भएको छ’ बडैलाले भने।
गलत प्रवृत्तिको अन्त्य चाहेको बताउँदै त्यसले योग्य र सक्षम प्राज्ञिक व्यक्तिलाई योग्यता र कार्ययोजनाका आधारमा नियुक्ति गर्न दबाब दिन अभियान थालिएको बताए ।
त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस, कीर्तिपुरबाट सुरु भएको यस अभियानमा विद्यार्थी, प्राध्यापक तथा कर्मचारीहरूले ऐक्यबद्धता जनाउँदै हस्ताक्षर गरेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतका राहुल र प्रियंका गान्धीले गरे मोदी निवासबाहिर प्रदर्शन
-
काठमाडौँको आकाशमा मनसुनी बादलको लुकामारी
-
के भयो सलमान खानलाई ?
-
बिजुलीको भ्याट पनि सच्याउन कांग्रेस सभापति गगन थापाको माग
-
पूर्वअर्थमन्त्री महतविरुद्धको भ्रष्टाचार मुद्दा मुलतबीमा राख्न अस्वीकार
-
३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण