महाधिवेशनको बेला एकता गर्ने प्रचण्ड र महिन्द्रबिच समझदारी
सारांश
- महिन्द्र राययादव नेतृत्वको नेपाल समाजवादी पार्टी र माओवादी केन्द्रबीच महाधिवेशनमा एकता गर्ने सहमति भयो।
- पार्टी पुनर्गठनपछि यादवले प्रचण्डसँग छलफल गरी पार्टी एकताका लागि सहमति जुटाएका हुन्।
- यादवले पार्टीको नाम र झन्डा लगायतका विषय छिट्टै टुंग्याउन आग्रह गरे भने प्रचण्ड एकताको विषयमा सकारात्मक देखिए।
काठमाडौँ । महिन्द्र राययादव नेतृत्वको नेपाल समाजवादी पार्टी(नेसपा) र नेकपा (माओवादी केन्द्र) बिच महाधिवेशनको बेला एकता गर्ने सहमति भएको छ । पार्टीबाट आपसी समझदारीमै सहअध्यक्ष गंगानारायण समूह माओवादीमा समाहित भएपछि अध्यक्ष यादवले असार ७ गते पार्टी पुनर्गठन गरेका थिए ।
केन्द्रीय समितिको निर्णयसहित केही दिनअघि यादवले प्रचण्डसँग छलफल गरी पार्टी एकतामा सहमति जुटाएको हो । छलफलको क्रममा यादवले एकताका लागि आफू सकारात्मक रहेको स्पष्ट पार्दै उनले पार्टीको नाम, झन्डा, ब्यानर लगायत विषय चाँडै टुंग्याउन आग्रह गरेका थिए । प्रचण्डसँगको कुराकानीमा माओवादीको महाधिवेशनसँगै एकताको विषय टुङ्ग्याउने समझदारी भएको यादवले जानकारी दिए ।
‘हामी एकताका लागि तयारै छौँ । सिङ्गै पार्टी एकता गरौँ भनेर जोड दिएको हो । एकताको विषयमा पहिला बाबुरामजीले प्रचण्डजीसँग सहमति गर्नुभयो । तर बिचैमा छाडेर भाग्नुभयो । पछि सहअध्यक्ष गंगानारायणजी पनि सहमतिमै माओवादीमा जानुभयो’, उनले भने– ‘केन्द्रीय समिति बैठकले पार्टी पुनर्गठन गर्यो । बैठकको निर्णयसहित केही दिनअघि सिंहदरबारमा एकताबारे छलफल भयो । हामीले महाधिवेशनसँगै एकता टुङ्ग्याऊँ भनेका छौँ । यस सम्बन्धमा उहाँ पनि सकारात्मक देखिनुहुन्छ ।’
अध्यक्ष यादवले पार्टीको नाम जे राखे पनि महाधिवेशनको निर्णय आफूहरूलाई मान्य हुने बताए । जवाफमा प्रचण्डले पार्टीको जागरण अभियान सम्पन्न भए लगत्तै केन्द्रीय समिति बैठक बस्ने र त्यसले महाधिवेशनको मिति तय गर्ने बताएको उनले जानकारी दिए । सहमति अनुसार नै पार्टीले सङ्गठन विस्तार गर्ने तर राष्ट्रिय भेला वा महाधिवेशन नगर्ने यादवले स्पष्ट पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका–इरान युद्ध विरामको प्रस्तावपछि घट्यो तेलको मूल्य
-
विश्वकप हारपछि भावुक बनेका मेस्सीले भनेः यो घाउ निको हुन समय लाग्नेछ
-
सांसदहरूलाई रास्वपाको निर्देशन : निर्वाचन क्षेत्रमा जाँदा पार्टीसँग समन्वय गर्नू
-
डा. देवेन्द्रराज पाण्डेको साधना मुख्यतः स्वतन्त्रता, अधिकार र नागरिक आन्दोलनमा थियो : राष्ट्रपति पौडेल
-
ट्रम्पले ५० प्रतिशत नयाँ ट्यारिफ लगाएपछि वार्ताका लागि तयार भयो क्यानडा
-
रहेनन् दुई पटकका बेलोन डे'ओर विजेता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण