बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

वाईसीएल  नेपालले श्रम तथा उत्पादन अभियान चलाउने

बुधबार, २५ असार २०८२, १७ : २४
बुधबार, २५ असार २०८२

सारांश

  • वाईसीएल नेपालले दुई महिने श्रम तथा उत्पादन अभियान चलाउने निर्णय गरेको छ।
  • पार्टी अध्यक्ष प्रचण्डले साउन १ गते अभियानको उद्घाटन गर्नेछन्।
  • वाईसीएलले विपद् व्यवस्थापन एसटीएफ गठन गर्दै जनशक्ति तयारी अवस्थामा राख्ने निर्णय गरेको छ।

काठमाडौँ । वाईसीएल नेपालले श्रम तथा उत्पादन अभियान चलाउने भएको छ । बुधबार वाईसीएल नेपालको केन्द्रीय समितिको भर्चुअल माध्यमबाट बसेको दोस्रो पूर्ण बैठकले  ‘श्रम तथा उत्पादनमा वाईसीएल‘ नामक दुई महिने श्रम अभियान सञ्चालन गर्ने निर्णय गरेको हो । असार १७ र १८ गते भौतिक रूपमा बसेको पदाधिकारी बैठकले गरेका निर्णयहरू आजको बैठकले अनुमोदन गरेको हो । 

अभियानको उद्घाटन साउन १ गते केन्द्रमा पार्टी अध्यक्ष प्रचण्डले गर्ने भएका छन् । बैठकलाई पार्टी केन्द्रीय सदस्य तथा फ्यार्क्सन  इन्चार्ज रामप्रसाद सापकोटा दीपशिखाले सम्बोधन गरेका थिए । बैठकलाई सम्बोधन गर्दै उनले सबै एकताबद्ध भई सङ्गठनले गरेका निर्णय कार्यान्वयन गर्न र अभियान सफल पार्न आह्वान गरे ।

प्रकृतिजन्य विपद् व्यवस्थापनलाई आफ्नो मुख्य कार्यक्रममा समेट्दै विपद् व्यवस्थापन एसटीएफ गठन गरेको छ । विपद् व्यवस्थापन पूर्व तयारी स्वरूप आफ्नो जनशक्ति तयारी अवस्थामा राख्ने पनि निर्णय गरेको वाईसीएलका अध्यक्ष पुष्प ओलीले बताए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप