मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय
अपडेट

नेपालका दीपक थापाले कसरी पाए भारतीय राहदानी ? काठमाडौँ फर्किन लाग्दा पक्राउ

शुक्रबार, २७ असार २०८२, १० : ५३
शुक्रबार, २७ असार २०८२

सारांश

  • नयाँ दिल्ली विमानस्थलमा एक नेपाली युवा पक्राउ परेका छन्।
  • उनलाई फर्जी कागजात प्रयोग गरी मतदाता नामावलीमा नाम लेखाएको र राहदानी बनाएको आरोप छ।
  • प्रहरीले युवकलाई मध्यप्रदेशको भएको दाबी गरे पनि, कुनै पनि कागजातले पुष्टि गर्दैन।

काठमाडौँ । दीपक थापा नाम गरेका एक नेपाली युवा नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् ।

भारतीय प्रहरीले उनलाई फर्जी दस्तावेजका आधारमा भारतको मतदाता नामावलीमा नाम लेखाएको र भारतीय राहदानी लिएको आरोपमा छानबिनका लागि नियन्त्रणमा लिइएको जनाएको छ ।

सोधपुछका क्रममा दीपकले आफूलाई मध्यप्रदेशको जबलपुर निवासी बताएको प्रहरीको भनाइ छ । यद्यपि उनका साथबाट बरामद गरिएका कुनै पनि दस्तावेजले उनी भारतीय रहेको पुष्टि हुन नसकेको बताइएको छ ।

दीपकले सन् २०१९ मा भारतको मतदाता नामावलीमा आफ्नो नाम लेखाएको भारतीय प्रहरीको भनाइ छ । उनले केन्ट विधानसभा क्रमाङ्क ९९ को मतदाता सूचीमा नाम लेखाएको र सोही आधारमा भारतीय राहदानी लिएको प्रहरीको दाबी छ ।

उनी नेपालको कुन ठाउँ निवासी हुन् भन्नेबारे भारतीय प्रहरीले खुलाएको छैन । भारतकै निर्वाचन आयोगको निर्देशनमा कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप