पातले छाँगो ४० वर्षलाई ठेक्का दिन भूमिका खेलेको भन्दै छोरेपाटन माविका अध्यक्षलाई कालोमोसो
सारांश
- पोखराको छोरेपाटन माविका अध्यक्ष बद्रीनाथ पहारीलाई नेकपा बहुमतले कालोमोसो दलेको छ।
- विद्यालयको मुख्य आयस्रोत पातले छाँगो निजी कम्पनीलाई लामो समयसम्म ठेक्कामा दिने काममा भूमिका खेलेको आरोप लागेको छ।
- नेकपा बहुमतले ठेक्का सम्झौता रद्द गरी पातले छाँगो विद्यालयलाई हस्तान्तरण गर्न माग गरेको छ।
पोखरा । पोखराको छोरेपाटन मावि व्यवस्थापन समिति अध्यक्ष बद्रीनाथ पहारीलाई नेकपा बहुमतले कालोमोसो दलेको छ । विद्यालयको मुख्य आयस्रोत पातले छाँगो (डेभिज फल) लाई लामो समयसम्म निजी कम्पनीलाई ठेक्कामा दिने काममा भूमिका खेलेको भन्दै उनीमाथि शुक्रबार कालोमोसो दलिएको हो ।
सङ्गठनका संयोजक राजन साउदले विज्ञप्ति जारी गरी उक्त घटनाको जिम्मा लिएको बताएका छन् । पहारीले व्यक्तिगत स्वार्थपूर्तिका लागि माफियासँग मिलेर करिब २२ सय विद्यार्थी अध्ययनरत विद्यालयलाई वार्षिक करोडौँको क्षति पुर्याएको आरोप लगाएका छन् ।
पातले छाँगो २०३५ देखि विद्यालयले भोगचलन गर्दै आएको थियो । पोखरा महानगरपालिकाले सार्वजनिक निजी साझेदारी अवधारणा अनुसार ३५ वर्षका लागि निजी कम्पनीलाई चलाउन दिने गरी सहमति गरेको छ । सम्झौताअनुसार महानगरले विद्यालयलाई वार्षिक ३ करोड रुपैयाँ दिनुपर्नेमा दुई किस्ता भुक्तानी रोक्दासमेत व्यवस्थापन समिति मौन बसेको विज्ञप्तिमा उल्लेख छ ।
सम्झौतामा हस्ताक्षर गर्ने विद्यालयका प्रधानाध्यापक डिल्लीराम शर्मालाई तत्काल राजीनामा दिन बहुमतले चेतावनी दिएको छ । यस्तै, ठेक्का सम्झौता तत्काल रद्द गरी पातले छाँगो पुनः विद्यालयलाई हस्तान्तरण गर्न र ठेकेदार कम्पनी सेती क्यान्योन प्रालिलाई काम रोक्न माग गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नामिबियाका जेजे स्मित चम्किँदा नेपाल १५७ रनमा समेटियो
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण