एक करोड २५ लाखमा बन्यो वडाको प्रशासकीय भवन
सारांश
- रुकुम पश्चिमको आठबिसकोट नगरपालिका-७ ले नयाँ पक्की भवनबाट सेवा सुरु गरेको छ।
- भवन १५ कोठाको रहेको छ, जसको निर्माण न्यु विके बिल्डर्स एन्ड सप्लायर्सले गरेको हो।
- भवन निर्माणको लागत १ करोड २५ लाख र अन्य संरचनाका लागि ५० लाख लगानी गरिएको छ।
त्रिवेणी । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–७ ले वडाको नवनिर्मित पक्की भवनबाट सेवा प्रवाह सुरु गरेको छ । भवनको शुक्रबार औपचारिक रूपमा उद्घाटन भएपछि सेवा दिन सुरु गरिएको हो ।
वडाध्यक्ष अमृत बुढाका अनुसार उक्त प्रशासकीय भवन तीन तलामा १५ कोठाको छ । निर्माणको जिम्मा न्यु विके विल्र्डस एन्ड सप्लायर्स निर्माण प्रालिले लिएको थियो । निर्माण कम्पनीले निर्धारित समयमा भवन निर्माण गरी हस्तान्तरण गरेको नगरप्रमुख रवि केसीले जानकारी दिए ।
उनका अनुसार निर्माण कम्पनीले रु एक करोड २५ लाख लागतमा वडा कार्यालयको भवन निर्माण गरेको हो । बाँकी घेराबार, अन्य संरचनाका लागि रु ५० लाख लगानी गरिएको उनले बताए । उनका अनुसार घेराबार र अन्य बाँकी संरचना निर्माण हुन बाँकी छन् ।
उक्त भवनबाट सेवा प्रवाह भएसँगै वडाको कामकाज गर्न सहज हुने वडा कार्यालयले जनाएको छ । वि.सं २०८० माघ २ गते वडा कार्यालयको भवनको निर्माण सम्झौता भएकामा यही असार १५ गते निर्माण सम्पन्न भएर सञ्चालनमा आएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बजेटको मुखमा आयोगकी सदस्य लामिछानेले दिइन् राजीनामा
-
पहाडमा मेघगर्जनसहित वर्षा, तराईमा तापक्रम ४२ डिग्रीसम्म पुग्ने
-
जातीय भेदभावविरुद्धको दिवस उत्सव नभई प्रतिबद्धता बन्नुपर्छ : आङ्देम्बे
-
बढिरहेका छन् दर्शक, तर छैन नाटकबाटै गुजारा चल्ने अवस्था
-
वेस्ट इन्डिजविरुद्ध श्रीलङ्काको विजयी सुरुआत
-
भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण