राजनीतिक दलहरू बलियो हुँदा मात्रै राज्य बलियो हुन्छ : बस्नेत
सारांश
- माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेतले राजनीतिक दल बलियो हुँदा राज्य बलियो हुने बताए।
- उनले राजनीतिक दलहरूले आफ्ना सकारात्मक कुरा राख्न नसक्दा प्रश्न उठेको बताए।
- बस्नेतले राजनीतिक दलहरूले आफूलाई सुधार गर्नुपर्नेमा जोड दिए।
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव शक्ति बस्नेतले राजनीतिक दलहरू बलियो हुँदा मात्रै राज्य बलियो हुने बताएका छन् ।
भक्तपुरमा शनिवार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै बस्नेतले उनले राजनीतिक दलहरू बलियो भए मात्रै राजनीतिक प्रणाली बलियो हुने जिकिर गरेका हुन्।
उनले राजनीतिक दलहरूले आफ्ना सकारात्मक तरिकाले विषयवस्तु राख्न नसक्नुले पनि राजनीतिक दलहरूप्रति अनावश्यक प्रश्नहरू उठिरहेको बताए।
उपमहासचिव बस्नेतले भन, ‘राजनीतिक दलहरू बलियो हुँदा राज्य बलियो हुने, राजनीतिक प्रणाली बलियो हुन्छ । राजनीतिक दलहरूप्रति बेला बेलामा प्रश्नहरू उठ्ने गरेका पनि छन् । राजनीतिक दलहरूको बारेमा फैल्याइएका अनावश्यक अफवाहहरू, राजनीतिक दलहरूले आफ्ना सकारात्मक तरिकाले विषयवस्तु राख्न नसक्नुले पनि राजनीतिक दलहरूप्रति अनावश्यक प्रश्नहरू उठिरहेका छन् । अव्यवस्था चाहनेले जतिसुकै राजनीतिक दलहरूले राम्रो काम गरे पनि विरोध गरिरहन्छ । त्यसलाई गलत साबित गर्ने दायित्व राजनीतिक दलको काम हो । सामाजिक जीवनका बदलिएका परिस्थिति, आवश्यकता, सम्भावना, अवसर र चुनौतीलाई यथोचित ढङ्गले सम्बोधन गर्न आफू परिष्कृत र परिमार्जित हुनु जरुरी छ ।’
उपमहासचिव बस्नेतले राजनीतिक दलहरूले आफूलाई सुधार गरेर जान जरुरी रहेको जिकिर गरे
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : थप एक जना शिक्षक पक्राउ
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
-
पक्राउ परे कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष पटेल
-
स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण