पूर्वाधार योजनालाई प्राथमिकता दिएर आयो काठमाडौँ महानगरको बजेट (पूर्णपाठ)
सारांश
- काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ को लागि २५ अर्ब ७६ करोडको बजेट पेस गरेको छ।
- बजेटमा सहरी पूर्वाधार, फोहोरमैला व्यवस्थापन, शिक्षा र सम्पदा संरक्षणलाई प्राथमिकता दिइएको छ।
- उपप्रमुख सुनिता डंगोलले नगर सभामा बजेट प्रस्तुत गर्दै एक वडा एक उद्यम कार्यक्रमलाई जोड दिएकी छिन्।
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सहरी पूर्वाधारलाई उच्च प्राथमिकता दिएर बजेट ल्याएको छ । काठमाडौंँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले नगर सभाको १७ औँ अधिवेशनको पहिलो बैठकमा अगामी आर्थिक वर्ष २०८२/०८३ को लागि वार्षिक बजेट प्रस्तुत गरेकी हुन् ।
उनले आगामी आर्थिक वर्ष २०८२/८३ को लागि रु २५ अर्ब ११ करोड ४३ लाख ४१ हजार रुपैयाँ सञ्चित कोषमा व्ययभार पर्ने र ६५ करोड रुपैयाँ अन्य वाह्य व्ययभार हुने गरी कुल रु। २५ अर्ब ७६ करोड ४३ लाख ४१ हजार रुपैयाँको अनुमानित बजेट पेस गरेकी हुन् ।
अगामी आर्थिक वर्षमा काठमाडौँ महानगरपालिका क्षेत्रभित्रका पूर्वाधार योजनाहरूलाई उच्च प्राथमिकतामा राखेको छ । यस्तै फोहोरमैला व्यवस्थापन, विद्यालय शिक्षा प्रणालीमा सुधार, सुशासन प्रवद्र्धन, सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रको क्षमता वृद्धि, एक वडा एक उद्यम कार्यक्रमलाई प्रवर्द्धन गरी रोजगारी र आय वृद्धी गर्ने कार्यक्रमहरूलाई समेत उच्च प्राथमिकतामा राखिएको छ ।
त्यसैगरी काठमाडौँ महानगरपालिका क्षेत्रभित्रको ध्वनि प्रदूषण कम गर्ने, सार्वजनिक यातायातलाई व्यवस्थित गर्ने, महानगर क्षेत्रभित्रका ऐतिहासिक, धार्मिक, पुरातात्त्विक, महत्त्व बोकेका मठ, मन्दिर, बहाल, पोखरी, हिटी, वहाः वही, ननी लगायतका सम्पदास्थलहरुको संरक्षण र प्रवर्द्धनमा समेत यथेस्ट बजेट व्यवस्थापन गरिएको छ ।
बजेटको पूर्णपाठ :
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टोखा क्षेत्रमा जग्गाको मूल्याङ्कन : ग्राण्डीदेखि गणेश मन्दिर क्षेत्रमा सबैभन्दा धेरै बढ्यो, कहाँ कति ?
-
चीनबाट नेपालले लिनुपर्ने लाभ
-
एमालेसँगको सहकार्य अघि बढिसकेको प्रचण्डको खुलासा
-
बालेन शाहको घोषणाको प्रभु साहद्वारा स्वागत
-
जनकपुर घटनापछि हर्क साम्पाङको प्रतिक्रिया : ‘अपमान होइन, यसले मेरो राजनीतिक उचाइ बढाएको महसुस भयो’
-
एनसेलको स्वामित्व कानुनबमोजिम हस्तान्तरण गर्न दूरसञ्चार प्राधिकरणलाई सर्वोच्चको निर्देशनात्मक आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण