नेविसंघद्वारा सडक अवरुद्ध गर्दै विरोध प्रदर्शन
सोमबार, ३० असार २०८२, १० : ५१
सारांश
- नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालयको सिनेटमा विद्यार्थी प्रतिनिधित्वको माग गर्दै विरोध प्रदर्शन गरेको छ।
- शिक्षा ऐन तत्काल जारी गर्नुपर्ने र शिक्षकको नियुक्ति खुला प्रतिस्पर्धाबाट हुनुपर्ने नेविसंघको माग छ।
- नेविसंघले बल्खुबाट सुरु गरेको प्रदर्शन त्रिवि पुगेर समापन गरेको थियो।
काठमाडौँ । नेपाल विद्यार्थी संघ (नेविसंघ) ले सडक अवरुद्ध पार्दै विरोध प्रदर्शन गरेको छ । त्रिभुवन विश्वविद्यालयको सिनेटमा विद्यार्थीको प्रतिनिधित्व विना सिनेट राखेको, शिक्षा ऐन तत्काल जारी गर्नुपर्ने र विद्यालय शिक्षा विधेयकमा शिक्षकको नियुक्ति शत प्रतिशत खुला प्रतिस्पर्धाबाट हुनुपर्ने मागसहित प्रदर्शन गरेको हो।
नेविसंघ त्रिवि समितिले बल्खुस्थित खुला सडकबाट सडक अवरुद्ध पार्दै सुरु गरेको प्रदर्शन त्रिवि पुगेर सकिएको थियो । नेविसंघ त्रिवि सभापति विष्णु बडैलाले विद्यार्थीको प्रतिनिधित्वविनाको सिनेट मान्य नहुने बताए ।
त्यस्तै विद्यालय शिक्षा ऐन जारी गर्न ढिलाइ भइरहेको भन्दै तत्काल ऐन जारी गर्न माग गरेको हो । त्यस्तै ऐनमा शिक्षकहरूको नियुक्ति शतप्रतिशत खुला प्रतिस्पर्धाबाट हुनुपर्ने सभापति बडैलाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतका राहुल र प्रियंका गान्धीले गरे मोदी निवासबाहिर प्रदर्शन
-
काठमाडौँको आकाशमा मनसुनी बादलको लुकामारी
-
के भयो सलमान खानलाई ?
-
बिजुलीको भ्याट पनि सच्याउन कांग्रेस सभापति गगन थापाको माग
-
पूर्वअर्थमन्त्री महतविरुद्धको भ्रष्टाचार मुद्दा मुलतबीमा राख्न अस्वीकार
-
३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण