घुस काण्डमा मुछिएका मन्त्रीविरुद्ध प्रधानमन्त्रीले एक्सन लिनुहुन्छ : एमाले नेता गौतम
सारांश
- एमाले प्रचार विभाग प्रमुख गौतमले मन्त्री गुप्ताको घुस अडियोबारे प्रधानमन्त्रीले एक्सन लिने बताए।
- गौतमका अनुसार पार्टीले प्रधानमन्त्रीको ध्यानाकर्षण गराइसकेको र प्रधानमन्त्रीले मन्त्रीसँग कुरा गरिसकेका छन्।
- उनले सरकारले निजी क्षेत्रलाई विश्वासमा लिएको र आर्थिक वृद्धिदरमा सुधार भएको दाबी गरे।
काठमाडौँ । नेकपा (एमाले) प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताको घुस अडियो काण्डमा प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल एक्सन लिने बताएका छन् ।
आफूहरुले यस विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराइसकेको र प्रधानमन्त्री ओलीले पनि मन्त्री गुप्तासँग भेटेर कुरा गरिसकेको उनले बताए ।
सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा उनले भने, ‘आज सुशासनको मुद्दा ओझेलमा पर्ने र मन्त्रीहरू नै भ्रष्टाचारको बार्गेनिङमा अडियोहरु नै सार्वजनिक हुने खालको परिस्थिति बन्यो । त्यसका निम्ति हाम्रो पार्टी गम्भीर छ । पार्टीले यसको बारेमा गम्भीरतापूर्वक सूचना राखेर पार्टी प्रधानमन्त्रीज्यूको ध्यानाकर्षण गराइसकेको छ । मलाई लाग्छ प्रधानमन्त्रीजीले पनि मन्त्रीलाई राखेर कुरा गरिसक्नु भएको छ ।’
उनले एक वर्षको अवधिमा अस्थिरताको न्यूनीकरण गर्न सरकार सफल भएको दाबी गरे । उनले वर्तमान सरकारले निजी क्षेत्रलाई विश्वासमा लिएको, दायित्व भुक्तानीमा वृद्धि गरेको, आर्थिक वृद्धिदर गत वर्ष ३.८७ प्रतिशत रहेकोमा अहिले ४.६१ प्रतिशत पुगेको बताए । अपेक्षित विस्तार नभए पनि सुधार भने उल्लेख्य रहेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अभिनेत्री स्वस्तिमा खड्का ‘लिभोन’ को ब्रान्ड एम्बासडर नियुक्त
-
लिवियामा नेपाली शान्ति सैनिकको अदलीबदली, ४२ जनाको टोली प्रस्थान
-
इजरायलद्वारा वेस्ट ब्याङ्क क्षेत्रबाट १६ जना प्यालेस्टिनी पक्राउ
-
‘झुट बोल्ने प्रधानमन्त्री चाहिँदैन’ भन्दै माइतीघरमा विरोध प्रदर्शन
-
अर्जेन्टिनामा लैङ्गिक हिंसाविरुद्ध विशाल प्रदर्शन, किशोरीको बलात्कार र हत्यापछि देशभर उर्लियो जनआक्रोश
-
महोत्तरीका १६ कामदार भारतमा बन्धक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण