रोशी किनारको बस्ती जोगाउन धमाधम तटबन्ध निर्माण (तस्बिरहरु)
सारांश
- गत वर्षको बाढीले तहसनहस पारेको बस्ती अहिले पनि जोखिममा छ, बर्खा सुरु भएसँगै स्थानीय त्रसित छन्।
- रोशी खोला किनारको बस्ती जोगाउन स्थानीय सरकारले तटबन्ध बनाइरहेको छ, जसले जोखिम कम गर्नेछ।
- पनौती नगरपालिकाले तटबन्ध निर्माणका लागि १ करोड ८० लाख रुपैयाँ बजेट छुट्याएको छ, आगामी वर्ष रोशी करिडोरको काम सुरु हुनेछ।
काठमाडौँ । गत वर्षको असोजमा रोशी खोलामा आएको बाढीले तहसनहस भएको बस्ती अहिले पनि जोखिममा छ । बर्खा लागेसँगै खोला किनारका बासिन्दा त्रसित छन् ।
रोशी किनारको बस्ती जोगाउन स्थानीय सरकारले अहिले धमाधम तटबन्ध बनाइरहेको छ । पनौती नगरपालिका(१२ मा पर्ने यो क्षेत्रमा जोखिम न्यूनीकरण गर्न वडास्तरबाट तटबन्ध निर्माण थालिएको हो ।
पनौती नगरपालिका–१२ का वडाध्यक्ष जयराम केसी (खत्री) का अनुसार खोलाको बहाव नियन्त्रण गर्न र आसपासका बस्ती सुरक्षित गर्न खोला गहिरो बनाएर तटबन्ध बनाउने काम भइरहेको छ । सुरुमा डिजिटल नक्साबाट खोलाको सीमा छुट्टाएर बढी जोखिमयुक्त स्थानलाई प्राथमिकता दिई तटबन्ध बनाउने काम भइरहेको उनले बताए ।
तटबन्ध निर्माणका लागि १ करोड ८० लाख रुपैयाँ बजेट छुट्टाइएको छ । आगामी वर्षको बजेटमा रोशी करिडोरको काम सुरु हुने र यसका लागि ५ करोड बजेट रहेको उनले बताए । तस्बिरहरु : नेपाल फोटो लाइब्रेरी
_R0zSmvKrJC.jpg)
_m0DQS8iPhn.jpg)
_u4PdiQFVGK.jpg)
_oGwOxbZ7xh.jpg)
_tw6hHLVkn6.jpg)
_F7hCzCtcjp.jpg)
_waBc15KgK6.jpg)
_UwhRE6PACa.jpg)
_e9etZNAs3h.jpg)
_GMAzAgueAI.jpg)
_7JZhxMPokd.jpg)
_cFqJRYUlU0.jpg)
_RB7UWVDyb8.jpg)
_8Ji1yIwNdB.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युद्धविराम घोषणाको केही घण्टामै इजरायल र हिजबुल्लाहबिच हानाहान
-
फिफाको आचारसंहिता अन्तिम समयमा फेरबदल : रङ्गशालाभित्र पानीका बोतल लैजान नपाइने
-
युद्धबिच राष्ट्रिय एकताको आह्वान गर्दै इरानका सर्वाेच्च नेताको सन्देश
-
रवि लामिछानेका सामु भारतीय प्रधानमन्त्री मोदीले दोहोर्याए १२ वर्ष पुरानो कुरा
-
फिल्म अभिनयमा डेब्यु गर्दै गायक पशुपति शर्मा
-
टिकटकर तुलसा अधिकारीको थुनछेक बहस सकियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण